Tuesday, December 28, 2010

जनप्रगतिशिल मञ्च पोर्तुगल पुनर्गठन

बिदेशमा रहेरपनी आफ्नो देश नेपालको अग्रगमन राष्ट्रिय स्वाधिनता ,बिदेशी साम्रज्यबाद र भारतीय बिस्तारबादको बिरुद्ध ,नागरिक सर्बोच्चता ,शान्ती र संबिधानको  लागि लड्दै आएको पोर्तुगल म बस्ने प्रगतिशिल ,बाम्पन्थी र जुझारु नेपालीहरुको सामाजिक सस्था  नेपाली जनप्रगतिशिल मञ्च पोर्तुगलको अल्गार्ब क्षेत्र को संगठन नेपाली जनप्रगतिशिल मञ्च अल्गार्ब को यही मिती डिसेम्बर २५ ,२०१० का दिन क माओ को १७१ औ जन्म दिबसको अबसरमा आयोजित एक कार्यक्रममा पुनर्गठन गरिएको छ । २००८ म स्थापना भएको उक्त कमिटिका निबर्तमान सचिब अमृत पारीयार को सभापतित्वमा नेपाली जनप्रगतिशिल मञ्च पोर्तुगलका केन्द्रिय पदाधिकारीहरु अध्यक्ष श्री राम गौचन , उपादक्ष्य श्री डिलाराम  चापागाइ ,महाचिब शेर सिंह ठकुरी र सदस्य श्री नारायण प्रसाद सुबेदी र नेपाली जनप्रगतिशिल मञ्च नर्बे का केन्द्रिय सदस्य मुकेश हिताङ को बिशेष उपस्थितिमा सम्पन्नभएको छ ।  

पोर्तुगल को सुन्दर पर्यटकिय  नगरि आल्बुफेरा मा सम्पन्न भएको उक्त कार्यक्रम को सन्चालन ललित पारीयारले गर्नुभएको थियोभने मञ्चका निबर्तमान सदस्य श्री सुर्य प्रसाद शर्माले स्वागत मन्तब्य राख्नुभयो . कार्यक्रमलाई निरन्जन कार्की, ठकुर प्रसाद गुरुङ, दिपक गुरुङ ,मुकेश हिताङ ,नारायण प्रसाद सुबेदी, शेर सिंह ठकुरी ,डिलाराम चापागाइ र राम बहादुर गौतम ले सम्बोधन गर्नुभएको थियो। सम्बोधनका क्रममा नारायण प्रसाद सुबेदी ले बिदेश मा बसेर नेपाली जनप्रगतिशिल मञ्च ले देश र जनताको हितको लागि गर्नुपर्ने कामहरुको  बारेमा, शेर शिङ ठकुरी ले चाइना मा माओ ले गरेको जनसास्किर्तिक क्रान्ति  नेपालको बर्तमान अवस्था र संगठन बिस्तार्, डिलाराम चापागाइ बाट चिनिया क्रान्तिको जगमा अहिले चाइना ले गरेको आर्थिक उन्नतिलाई जोड्दै नेपालमा जनक्रान्तिको आवश्यकता को बारेमा औल्याउनुभयो भने राम बहादुर गौतमा बाट नेपालीहरु बिदेशिनुका करणहरु ,नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा (हालको नेपाली जनप्रगतिशिल मञ्च पोर्तुगल) को स्थापना ,उदेश्य र अहिलेसम्मको यात्रा ,यसले गरेका कार्यहरु साथै नेपालमा अहिलेभैरहेको देशी बिदेशी प्रतिकृयाबादिहरुले सरकार गठनमा गरेको बाधा र हस्तक्षेप को बारेमा प्रकाश  पार्नुभयो।

पुनर्गठित  १३ सदस्यिय कार्यसमिती को अध्यक्षमा श्री अमृत पारीयार , उपाध्यक्ष हरुमा    भजेन्द्र बस्नेत र दिपक गुरुङ सचिबमा  ललित पारीयार, सहसचिब् मा  अर्जुन कोसाध्यक्षमा सुर्य प्रसाद शर्मा र सदस्यहरु राजेन्द्र मानन्धर ,बाबुराम पारीयार , मुकेश हिताङ , निरञ्जन  कार्की, सुनिल घले ,बाल कृष्ण गौतम र  रहनुभएको  छ भने १ जना सदस्य कार्यसमिती को पहिलो बैठक ले मनोनित गर्ने छ  । कार्यक्रम पछी कुरा गर्दै पोर्तुगल को भिलामोरा मा   लामो समय देखी बसोबास गर्दै आउनुभएका समाजसेबी श्री भजेन्द्र बस्नेत ले पोर्तुगल मा नेपाली जनप्रगतिशिल मञ्चले उदाहरणिय रुपमा काम गर्दै आएको , देश र जनताको पक्ष मा काम गरेकोले आफुपनी यस् मञ्च मा आबद्ध भएको र आगामी दिनहरुमा नेपाल र नेपालीहरुको लागि आझै ससक्तरुपमा सबैसँग हातमा   हात मिलाएर अगाडि बढने कुराको जानकारी गराउनुभयो ।


(" READ MORE ..")

Friday, December 3, 2010

पोर्चुगलमा नेवारी रेष्टुरेण्ट खुल्यो > -भीम के सी कमल

लिस्बन, २ डिसेम्बर

तपाई नेवारी खानाको शौखिन त हुनुहुन्न? काठमाण्डौको हनुमानढोका, काष्ठमाण्डप वरिपरीका नेवारी रेष्टुरेन्ट अथवा नयाबजारको हारती लगायतका नेवारी भोजनालयहरु मिस गरिरहनु भएको त छैन? यदि छ भने, एउटा खुशिको समाचार छ। पोर्चुगलको राजधानी लिस्बनको मुख्य ब्यापारिक केन्द्र साल्दाना, पिकोअसमा परम्परागत नेवारी स्वादको रेस्टुरेण्ट हालै सन्चालन भएको छ। नेवारी खानाका शिद्धहस्त सेफ प्याफल टोल-२५, कामपा, काठमाण्डौ निवासी बिशाल कुमार माथेमा र माधब पाण्डेको संयुक्त प्रयास र लिस्बनका पुराना रेष्टुरेण्ट ब्यबशायी अर्जुन ठकुरीको सहयोगमा Rua Tomas Ribeiro No-64, Centro Comercial City-Loja 21, 1-Andar मा खुलेको ६४ सिटको सो रेष्टुरेण्टमा दिउसो ३ बजे देखी राती ११ बजेसम्म बिशेष गरी नेपाली समुदायलाई लक्षित गरी अत्यन्त सुपथ मुल्यमा बिभिन्न नेवारी परिकारहरु प्रस्तुत गरिएका छन्।

चिकेन, पोर्क, भेज मम, नेवारी खाजा सेट, हाँस र पोर्क छोयला, आलु तामा, भटमास चिउरा, चटामरी, मासको बारा, कचिला, भुटन, आलु साँधेको, सुकुटी, चिकेन चिल्ली लगायतका अन्य बिभिन्न नेवारी परिकारहरु पाइने सो रेष्टुरेण्टका सेफ माथेमाले युके लगायत संसारका बिभिन्न मुलुकहरुमा खाना प्रदर्शन गरी बिभिन्न पदक र पुरस्कारहरु समेत प्राप्त गरी सकेका छन्। अत्यन्त मिलनसार र परिश्रमी माथेमाले युके को बर्मिङ्घममा ज्वजलपा रेष्टुरेण्टका संचालक ल्याम रोगन जुस खानाको उत्कृष्ट स्वाद प्रस्तुत गरी वर्ल्ड फूड कम्पटिसनमा प्रथम भएका सेफ गणेश बहादुर श्रेष्ठसंग समेत सहकार्य गरी सकेका छन्।

नया स्वादका साथ खुलेको यो रेष्टुरेण्टले नियमित सेवाको अतिरिक्त सुपथ मुल्यमा पार्टी, भोज, क्याटरिङ् सेवा समेत उपलब्ध गराउने जानकारी प्राप्त भएको छ।


(" READ MORE ..")

Sunday, November 28, 2010

भारतमा तीन नेपाली मारिए, साथबाट ८ लाख लुट्न, बन्चराले हानेर मारिएको खुलासा

मंसिर १२ -  भारतमा तीन नेपालीको हत्या भएको छ ।  दुई दिन अघि भारतको सशस्त्र समूह नेसनल डेमोक्रेटिक फ्रन्ट अफ वोरोल्यान्ड (एनडीएफवी)ले हत्या गरेका तीन जना नेपाली नागरिक रहेको खुलासा भएको छ।  केकाराजुली खोलाको किनारमा हत्या गरी फालिएको अवस्थामा भेटिएकाहरु नेपाली भएको भारतीय प्रहरीले बताएको छ  ।

खोलाको किनारामा भेटिएका महेश घिमिरे हुन् । त्यस्तै मारिएका अन्य दुई नेपालीहरु अनिल पोखरेल र झलक श्रवण सुवेदीको शव प्रहरीले फेला पार्न सकेको छैन । नेपालबाट गुवाहिटी जाँदा यी तीनले बाटो बिराएर अन्यत्रै पुगेको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रहरीका अनुसार नेपालबाट इन्डिका कार चढेर यी तीन जना भारत गएका थिए ।  कार भारतीय चालक भाग्य वसुमात्रियले चलाएका थिए ।

प्रहरीले एनडीएफवीमा संलग्न रहेका धनेश्वर वासुमात्रियलाई पक्राउ गरेको छ ।  उनले तीन नेपालीको अपहरण गरी हत्या गरेको स्विकारेका छन् । शान्तिपुर गाउँमा नेपालीको हत्या गरिएको उनले स्विकार गरेका हुन् ।  उनले नेपालीबाट ८ लाख रुपैयाँ लुटेको बताएका छन् भने उनीहरुलाई बन्चरोको प्रहारबाट मारिएको स्विकारेका छन् ।

उनीहरुको अपहरणमा गंगापुर गाउँका नेपाली भाषा जान्नेहरु समेत संलग्न रहेको उनले खुलाएका छन् ।  मारिएका नेपालीको नाम पहिचान भएपनि उनीहरुको ठेगान खुल्न नसकेको प्रहरीले जनाएको छ ।  प्रहरीले मारिएका नेपालीहरु गैडाको सिङ किन्न भारत आएको हुनसक्ने अनुमान गरेको छ ।  प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।


(" READ MORE ..")

Monday, October 18, 2010

साउदी अरेवियामा पनि दशैंको टिका लगाए नेपालीहरुले

जहाँ पुग्दैन रवि, त्यहाँ पुगेको हुन्छ कवि ।
जहाँ पुग्छ नेपाली त्यहाँ पुर्याइन्छ नेपाली संस्कृति ।
साउदी अरेवियामा पनि दशैंको टिका लगाए भन्दा कसैले नपत्याउन सक्छ । किनकी यो कट्टर मुस्लीम देश हो । यहाँ यस्ता चाडपर्व मनाउन छुट छैन ।



(" READ MORE ..")

Thursday, October 14, 2010

बुटवल निवासी लक्ष्मण कुमार श्रेष्ठको कोरियामा मृत्यु

कोरियामा नेपालीहरुको मृत्यु हुने संख्या लभगभ सयको हाराहारी
नेपाल कोरिया न्युज सम्बाददाता
अक्टुबर ११
नेपालको रुपन्देही जिल्ला वुटवल नगरपालिका कालिका नगर स्थायी घर भई
लुम्बिनी म्यानपावर मार्फत २००४ डिसेम्बर १४ मा पहिलो पटक रोजगारीको
सिलसिलामा प्रवेश गरेका बर्ष ३८ का नेपाली लक्ष्मण कुमार श्रेष्ठको यहि
अक्टुबर ८ तारिख मृत्यु भएको छ ।


(" READ MORE ..")

Tuesday, September 7, 2010

मास्कोमा समावेसी नेपाली नारी पर्वतारोही टोलीको भव्य स्वागत-कृष्णप्रकाश श्रेष्ठ

मास्को ४ सेप्टेम्बर २०१० शनिवार । रुसको राजधानी मास्कोको स्थापना भएको ८६४ वर्षको सन्दर्भमा मास्कोमा उत्सवीय वातावरण व्याप्त रहेको वेला रसियाली जनमैत्री विश्वविद्यालयको इन्टरक्लबु को प्रेक्षालयमा नेपालीहरु र तिनका रसियाली मित्रहरु पनि उत्सवको उत्साह र उमङ्गको मनोभावना लिएर रुसको मात्र नभई यूरोपकै सर्वोच्च हिमशिखर पूर्वी चुचुरो ५६२९ मिटर र पश्चिमी चुचुरो ५६४२ मिटर एल्ब्रुसको टाकुरामा २९ अगस्ट २०१० आइतवार टेक्न पुग्ने समावेसी नेपाली नारी पर्वतारोही टोलीको भव्य स्वागत-समारोहमा उपस्थित भएका थिए । स्मरण रहोस्, एजुकेशन फर एक्सन : एभेरेष्ट ओमेन सेभेन समिट्स एको एक्सनु कि्रयात्मक शिक्षा : सगरमाथा-विजेता नारी ७ हिमशिखर पर्यावरण अभियानु को प्रतिनिधित्व गर्दै शैली बस्नेत काठमाडौं को संयोजकत्वमा सगरमाथा-विजेता ९ जना युवती पर्वतारोहीहरुको टोली २४ अगस्त २०१० मङ्गलवार का दिन रुसको राजधानी मास्को आइपुगेको थियो ।



यस टोलीमा चुनु श्रेष्ठ काठमाडौं आशाकुमारी िसंह महोत्तरी माया गुरुङ सिन्धुपाल्चोक ङ्गाभाङ्ग फुति शेर्पा ताप्लेजुङ उषा विष्ट कैलाली पूजन आचार्य दोलखा पेमाडिकी शेर्पा दोलखा निमडोमा शेर्पा दोलखा सहभागी हुनुहुन्छ । विश्वविद्यालयमा विद्यावारिधिका लागि शोधार्थी एवं गैरआप्रवासीय नेपाली संघ रुसकी उपाध्यक्षा विमला भण्डारी बस्यालले आसन्न तीजको भावनानुरुप उत्सवीय पहिरनमा सजिएर यूरो

पकै सर्वोच्च हिमशिखर एल्ब्रुस-विजेता नौजना नेपाली नारी पर्वतारोहीहरुको हार्दिक स्वागत गदै र समारोहको संचालन गर्नुभएको थियो । रुसस्थित नेपाली राजदूत महामहिम श्री सूर्यकिरण गुरुङ तथा पर्वतारोही टोलीकी नेतृ शैली बस्नेतका साथै रुसमा रहेका नेपालीहरुका विभिन्न संघसंस्थाका शीर्षस्थ पदाधिकारीहरुद्वारा अध्यक्षमण्डलमा स्थान ग्रहण गरिएपछि वक्ताहरुले माचबाट विश्वको सर्वोच्च हिउँचुली सगरमाथाका साथै अष्ट्रेलिया र यूरापका सर्वोच्च शिहरहरुमा समेत सफल आरोहण सम्पन्न गर्ने समावेसी नेपाली नारी पर्वतारोही टोलीलाई हार्दिक बधाई ज्ञापनसहित शुभेच्छा व्यक्त गरेका थिए ।



महामहिम राजदूत श्री सूर्यकिरण गुरुङज्यूले कलिलै उमेरमा विश्वका सातै महाद्वीपका सवो्रच्च हिमशिखरहरुको आरोहण गर्ने लक्ष्य लिएर अगाडि बढिरहेको समावेशी नेपाली नारी पर्वतारोही टोलीको सराहना गर्नुका साथै ७ मध्ये ३ शिखरहरुको सफल आरोहण गरी ५० प्रतिशत लक्ष्य पूरा गरिसकेको यस टोलीका सहभागीहरुलाई रुसमा रहेका नेपालीहरुको तर्पुबाट पुष्पगुच्छाले स्वागत गर्दै उनीहरुको भावी पर्वतारोहण कार्यमा रुसमा रहेका नेपालीहरुलेझैं विभिन्न देशहरुमा रहेका गैरआवासीय नेपालीहरुले सहयोग पुर् याउने छन् भन्ने विश्वास व्यक्त गर्नुभयो रराजदूतावासको तर्पुबाट यस अभियानका लागि आवश्यक सहयोग पुर् याउने व्यवस्था मिलाउन परराष्ट्रमन्त्रालयलाई पत्र पठाउने तत्परता समेत जनाउनुभयो । नेपाली नारी निकुजकी अध्यक्ष डा। समता प्रसादले समावेसी नेपाली नारी पर्वतारोही टोलीसंग नेपाली नारी निकुजका पदाधिकारी तथा सदस्यहरुको अन्तरकि्रया सम्पन्न भएको जानकारी िदंदै पर्वतारोहणजस्तो जोखिमपूर्ण अभियानमा एकपछि अर्को विजय प्राप्त गर्ने बहिनीहरुको उदाहरणबाट नेपाली नारीहरु पनि स्वतन्त्र रुपले अगाडि बढ्न सक्छन् भन्ने पुष्टि भएको चर्चा गर्नुका साथै नेपाली नारीहरुले व्यक्तित्व विकासमा स्वतन्त्रताको व्यापक उपयोग गर्नु जरुरी छ तर यसको अर्थ स्वच्छन्दता होइन भनी जोड दिनुभयो । उहाँले नेपाली नारी निकुजको तर्पुबाट स्मृति-उपहार प्रदान गर्नुका साथै गैरआवासीय नेपाली विश्वसंघका संरक्षक डा। उपेन्द्र महतो व्यस्तताले गर्दा समारोहमा उपस्थित हुन नसक्नुभएको सूचित गर्दै नेपालमा पर्यटन प्रबर्धनमा योगदान पुर् याउने समावेशी नेपाली नारी पर्वतारोही टोलीको सफल एल्ब्रुस-आरोहणको सन्दर्भमा हार्दिक शुभेच्छासहित उपहारस्वरुप ५ हजार अमेरिकी डलर प्रदान गर्नुभएको छ भन्ने पनि जनाउ दिनुभयो ।



गैरआवासीय नेपाली विश्वसंघमा उपाध्यक्ष जीवा लामिछानेले सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा तथा एडमुण्ड हिलारीद्वारा सर्वप्रथम सगरमाथा-विजयपश्चात् निकै कम समयमा विश्वका विभिन्न शिखरहरुको आरोहण गर्ने क्रममा नेपालले धेरै रिकर्ड प्राप्त गरेको स्मरण गराउँदै अहिले नौजना युवतीहरुले सगरमाथा मात्र होइन सातै शिखर आरोहण गर्ने अभियान सुरु गरेका छन् र प्रयास गरे जे पनि गर्न सकिन्छ भन्ने पुष्टि गरिदिएका छन्ु भनी जोड दिनुभयोरुसमा रहेका सम्पूर्ण नेपालीहरुका तर्पुबाट गैरआवासीय नेपाली संघ रुस राष्ट्रिय समन्वय परिषदका अध्यक्ष डा। मणिराज पोखरेलले एल्ब्रुसको आरोहणमा विजय प्राप्त गर्ने र नौजनालाई नै ुनवदुर्गाु को संज्ञा दिएर हार्दिक बधाई ज्ञापन गर्नुका साथै गौरवानुभूति प्रकट गर्दै यो टोली आफुले बोकेको उच्च उद्देश्यको ुसगरमाथाु माथि विजय प्राप्त गर्न पनि अवश्य सफल हुनेछ भन्ने दृढ विश्वास व्यक्त गर्नुभयो । उहाँले गैरआवासीय नेपालीहरुको दोहोरो नागरिकताको मागबारे चर्चा गर्नुहुँदै यस मागको समर्थनमा जनमत तयार पार्नमा एल्ब्रुस-विजेताहरुबाट पनि सहयोग हुन सक्ने कुरा जनाउँदै नेपालमा हामीले दिनुस् भनेका होइनौ लिनुस् भनेका हौं भन्ने सन्देश प्रवाहित गरिदिन आग्रह गर्नुभयो ।



गैरआवासीय नेपाली संघ रुसको तर्पुबाट एक हजार अमेरिकी डलर उपहारस्वरुप प्रदान गरिने घोषणा गदै् र संघका अध्यक्षले पर्यावरण संरक्षणको महान् लक्ष्य लिएर विश्वका सातै महाद्वीपका हिमशिखरहरुमा आरोहण गर्ने अभियानमा आफ्नै प्रकारको कीर्तिमान् स्थापित गर्न निस्केका नेपाली वीराङ्गनाहरुलाई उत्तरोत्तर सफलताको हार्दिक शुभकामना व्यक्त गर्नुभयो ।यस पंक्तिकारले पनि माचबाट केही शब्द बोल्ने अवसर पाउँदा सगरमाथा-विजेता तेन्जिङ नोर्गे शेर्पाले समेत मौसम एकदमै बिग्रेको कारणले झण्डै आधा शताब्दीअघि अर्थात् सन् १९६३ मा टेक्न नसकेको एल्ब्रुस टाकुरामा नौजना नेपाली युवतीहरुले पदार्पण गर्न सफलभएकोमा हर्षानुभूति प्रकट गर्नुका साथै अनादि कालदेखि नै महामायारुपी नारीशक्ति नै सृष्टिको मूल स्रोत रहिआएको परिप्रेक्ष्यमा दूर्ग किल्लां को संरक्षिका हुनाले दुर्गा भनिएकी आठै दिशाका अधिष्ठाता अष्टमात्रिकाको समावेसी संयुक्त रुप नै १८ हात भएकी दुर्गाभवानी अर्थात् नवदुर्गा भएको जनाएको थिएँ र नेपालको वर्तमान परिप्रेक्ष्यमा समावेसी नेपाली नारी पर्वतारोही टोलीको अभियान हिमाल पहाड र मधेशका सम्पूर्ण नेपालीहरुका लागि समावेसी ऐक्यताको ज्वलन्त दृष्टान्त बनेको भाव सम्प्रेषण गरेको थिएँ ।



रुस पर्वतारोहण संघका कार्यकारी निर्देशक आन्द्रेइ ओभ्चिन्निकोभले एक हप्ताघि काठको भारी बोकेर एल्ब्रुसमा चढिरहेको वेला ५ हजार मिटरको अग्लाईमा नौजना नेपाली युवतीहरुसंग एक्कासी जम्काभेट भएको मीठो स्मरण गर्दै एल्ब्रुस विजेता नेपाली महिला टोलीलाई सर्वप्रथम भेट्ने रुसीहरुमध्ये आफु नै पहिलो व्यक्ति भएको र भारी बोके र उकालो चढिरहेको देखेर आफुलाई रुसी शेर्पा भनेकोमा पनि गौरवान्वित भएको भावोद्गार प्रकट गर्नुभयो । पहिले पर्वतारोहणका लागि रुसबाट नेपाल जाने चलन थियो भने अबनेपालीहरु समेत रुसका हिउँचुलीहरुको आरोहणमा आउन थालेको सन्दर्भमा हर्ष प्रकट गदै् र सन् १९८२ मा सोभियत पर्वतारोही टोलीद्वारा सगरमाथा विजय गरिएको तर रुस महासंध अस्तित्वमा आएपश्चात् सन् १९९१ मा सर्वप्रथम रुसका पर्वतारोहीहरुले सगरमाथा आरोहण गरेको सन्दर्भमा प्रकाशित हरेकको आ-आफ्नै सगरमाथा सन् १९९३ शीर्षकको १४३ पृष्ठको अल्बम र एल्ब्रुस अभियानबारे ज्वाज्ज्वल्यमान् पर्वतहरु शीर्षकको पुस्तक पनि उहाँले रुसको मात्र नभई यूरोप महाद्वीपकै सर्वोच्च हिमशिखर एल्ब्रुस-विजेताहरुलाई उपहारस्वरुप प्रदान गर्नुभयो । विश्व नेपाली साहित्य महासंघका अध्यक्ष एवं गैरआवासीय नेपाली संघ रुसका महासचिव डा.मधुकृष्ण श्रेष्ठले तपाईहरु मेरो देश बोकेर हिड्नु भएको छु भन्ने कवितात्मक उद्गार पोख्तै यॊ पर्वतारोहण-अभियान सबै जातजातिका नेपालीहरुलाई एल्ब्रुस-आरोहण सम्पन्न गरेर समावेसी नेपाली नारीहरुको सन्देशको उपमा दिनुभयो ।



विश्व नेपाली साहित्य महासंघ रुस शाखाका अध्यक्ष एवं गैरआवासीय नेपाली संघ रुस राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष गोविन्दप्रसाद गौतमले सगरमाथा आरोहण गरेर सातै उच्च शिखरहरु आरोहण गर्ने उत्साह र साहसका लागि गौरवु को भाव प्रकट गर्नुहुँदै यसबाट विश्वभरका नेपालीलाई प्रेरणा मिलेको छु भन्ने अभिव्यक्ति दिनुभयो । रुस-नेपाल मैत्री एवं सहयोग संघकी उपाध्यक्षा नेल्ली स्तेपानोभाले एल्ब्रुस विजेता नेपाली सुन्दरीहरुलाई मास्को नदीमा रमाइलो जहाज-यात्रामा साथ दिनुका साथै मास्कोको भूमिगत रेलमार्गका १६० बिसौनीहरुमध्ये पुराना र नयाँ बिसौनीहरुको भव्यताको अवलोकन गराउने सौभाग्य प्राप्त भएकोमा हर्ष व्यक्त गर्नुभएको थियो ।नेपाली खेलकूद तथा संस्कृति समाजका अध्यक्ष खेम लामिछानेले पर्वतारोहणमा सरीक भई संसारलाई नेपाल चिनाउन संलग्न रहेको समावेशी नेपाली नारी पर्वतारोही टोलीलाई सहयोगका लागि तत्तरता जनाउनुभयो भने एशियाली विद्यार्थी संघ जनमैत्री विश्वविद्यालय का अध्यक्ष विप्लव साहा बंगलादेश ले आफ्नो शुभेच्छा मन्तव्यमा एल्ब्रुस हिमशिखरमा पाइला टेक्ने नेपाली नारीहरुको वीरताको प्रशंसा गर्दै आफ्नो संघको तर्पुबाट पर्वतारोही टोलीको नाममा अभिनन्दनपत्र प्रदान गरिने छ भनी सूचित गर्नुभयो ।



समारोहको आयोजक नेपाली छात्रसंघ जनमैत्री विश्वविद्यालय का अध्यक्ष डा.सचिनशाक्यले विश्वविद्यालयको इन्टरक्लबमा एल्ब्रुस-विजेता समावेसी नेपाली नारी पर्वतारोही टोलीको भव्य स्वागत गर्न पाइएकोमा आनन्दानुभूति प्रकट गर्दै प्रेक्ष्यालय उपलब्ध गराउने विश्वविद्यालयका पदाधिकारीका साथै यस समारोहको आयोजनामा सहयोग गर्ने सबै महानुभावहरुप्रति धन्यवाद व्यक्त गर्नुभयो र स्वागत समारोहमा उपस्थित नेपाली राजदूतज्यू श्री सूर्यकिरण गुरुङज्यूका साथै सबै संघसंस्थाका पदाधिकारीहरु र प्रतिनिधिहरुप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्नुभयो । गैरआवासीय नेपाली विश्वसंघकी केन्दीय सदस्य सपिला राजभण्डारीले काठमाडौंमा यसै साल अक्टोवरमा मनाइने गैरआवासीय नेपाली दिवस एनअनरएन डे को क्रममा भृकुटी मण्डपमा स्थापित तेन्जिङ नोर्गे शेर्पा तथा एडमुण्ड हिलारीको शालिकमा माल्यार्पणद्वारा शुरु भई नगरकोटदेखि धुलीखेलसम्मको पदयात्रा कार्यक्रममा भाग लिनका लागि समावेसी नेपाली नारी पर्वतारोही टोलीका बहिनीहरुलाई पनि निम्त्याउनुभयो ।समावेसी नेपाली नारी पर्वतारोही टोलीको सगरमाथा आरोहणविषयक वृत्तचित्रको प्रदर्शन पश्चात् यस टोलीकी नेतृ शैली बस्नेतले अन्तरकि्रया कार्यक्रमको आरम्भ गर्दै विख्यात नेपाली पर्वतारोही पेमा दोर्जी शेर्पाको अवधारणाअनुरुप सन् २००७ देखि आरम्भ गरिएको अभियानबारे पर्दामा दृश्यात्मक विवरणसहित विस्तृत रुपले प्रकाश पार्नुभयो । उहाँले शुरुमाकसैले पनि नपत्याएको यस अभियानलाई नेपाल सरकार संयुक्त राष्ट्र संघ र गैरआवासीय नेपाली संघको व्यापक समर्थन रहेको चर्चा गर्नुहुँदै एल्ब्रुसमा पनि नेपाली भण्डाका साथै एनआरएनको लोगो फहराइएको जनाउ दिनुभयो ।



अन्तरकि्रयाको क्रममा उहाँका साथै नारी पर्वतारोही टोलीका सबै सदस्यहरुले त्यहाँ सोधिएका सबै प्रश्नहरुको सन्तोषजनक उत्तर दिनुभएको थियो ।गैरआवासीय नेपाली संघ रुसकी उपाध्यक्ष विमला भण्डारी बस्यालले सहभागीशरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभई स्वागत-समारोहको समापन गर्नुभएपछि सबै अतिथिहरु गैरआवासीय नेपाली संघ रुसका सचिव दामोदर बस्याल पं। ऋषिप्रसाद रिजाल कृष्ण लोहनी टेकराज शर्माद्वारा आयोजित सन्ध्याभोजनमा सरीक भएर विचारको आदान-प्रदान गर्नमा व्यस्त देखिन्थे र कतिपय नेपालीहरु इन्टरक्लबु बाट बाहिरिएपछि पनि शरद्कालीन न्यानो मास्कोको रमणीय वातावरणमा नारी पर्वतारोहीहरुको चारैतिर झुम्मिएर कुराकानी गर्दैथिए…अन्त्यमा के पनि सूचित गर्न चाहन्छु भने यूरोपको सर्वोच्च शिखर एल्ब्रुस आरोहणका लागि समावेसी नेपाली नारी पर्वतारोही टोली मास्को आइपुगेको पहिलो दिन नै गैरआवासीय ने पाली संघ रुस राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा। मणिराज पोखरेलका साथै आभाष के.सी हरिबहादुर भुजेल कृष्ण लोहनी तथा नेपाली राजदूतावासको तर्पुबाट अमीर गुरुङले विमानस्थलमा हार्दिक स्वागत गर्न पुग्नुभएको थियो भने एल्ब्रुसको सफल आरोहणपश्चात् मास्को फके्रका विजेता पर्वतारोहीहरुलाई संघको कार्यकारिणी समितिका सदस्य वसन्त सिंह तथा अलेक्सान्द्र पेत्रोभिचले विमानस्थलमा स्वागत गर्नुभएको थियो ।



मास्कोस्थित नेपाली राजदूतावासमा रहँदा-बस्दा नेपालीहरुका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुद्वारा मास्कोका दर्शनीय स्थलहरुको दृश्यावलो कन गराउने क्रममा रुस सीआईएस नेपाल उद्योगवाणिज्य संघका उपाध्यक्ष डा। भीष्म आचार्य तथा महासचिव रवीन्द्र भट्टराईले विजय पार्क चित्रग्यालेरी बोरोदिन्स्काया पानोरामा विशालबजार गोर्बुश्का आदि स्थलहरुको अवलोकन गराउनुभएको थियो भने नेपाली खेलकूदतथा संस्कृति समाजका अध्यक्ष खेमराज लामिछाने तथा गैरआवासीय नेपाली संघ रुसका कार्यकारी सदस्य डा.रेशम तिवारी तथा धनेश झाले त्रेमलिन लालमैदान अज्ञात सैनिकको स्मारक अखण्ड ज्योति भूमिगत विशालबजार ओखोत्नीर् यादु आदि मास्कोको केन्द्रस्थित दर्शनीय स्थलहरु दे खाउनुभएको थियो । नेपाली छात्रसंघ जनमैत्री विश्वविद्यालय का अध्यक्ष डा। सचिन शाक्यले मास्को नदीको जहाज-यात्रा र भूमिगत रेलका भव्य बिसौनीहरुमा घुमाउनुभएको थियो भने स्वदेशतर्पु प्रस्थान गर्दा गैरआवासीय नेपाली संघका उपाध्यक्ष गोविन्दप्रसाद गौतम महासचिव डा.मधुकृष्ण श्रेष्ठ नेपाली खेलकूद तथा संस्कृति समितिका अध्यक्ष खेम लामिछाने तथा हरिबहादुर भुजेल मास्कोको विमानस्थ लुदोमोदेदोभोसम्म पुर् याउन जानुभएको थियो । मलाई लाग्छ नारी पर्वतारोहीहरुका लागि रुस भूमिमा बिताइएको १० दिन २४ अगस्ट - ५ सेप्टेम्बर अविस्मर णीय रहने छ ।





फोटो सौजन्य : नेपाली छात्रसंघ रसियाली जनमैत्री विश्वविद्यालय

६ सेप्टेम्बर २०१० मास्को स्थापना दिवस

मास्को रुस महासंघ ।


(" READ MORE ..")

शुभ कामना तथा बधाई

साहित्य

My Blog List