Thursday, October 14, 2010
बुटवल निवासी लक्ष्मण कुमार श्रेष्ठको कोरियामा मृत्यु
कोरियामा नेपालीहरुको मृत्यु हुने संख्या लभगभ सयको हाराहारी
नेपाल कोरिया न्युज सम्बाददाता
अक्टुबर ११
नेपालको रुपन्देही जिल्ला वुटवल नगरपालिका कालिका नगर स्थायी घर भई
लुम्बिनी म्यानपावर मार्फत २००४ डिसेम्बर १४ मा पहिलो पटक रोजगारीको
सिलसिलामा प्रवेश गरेका बर्ष ३८ का नेपाली लक्ष्मण कुमार श्रेष्ठको यहि
अक्टुबर ८ तारिख मृत्यु भएको छ ।
पोच्छन् सिटीको सङ्उरी स्थित खासान् साम्गरी पोच्छन् मा काम गर्ने मृतक
श्रेष्ठ शुक्रबार ८ तारिख राति सवा ११ बजेतिर सुत्दा उनको मुखबाट
आश्चर्यजनक नबुझिने आवाज निस्केपछि संगै सुतिरहेको अर्को नेपाली साथीले
बत्ती बाली हेर्दा केही नबोलेको र के भयो भनी उठाउन खोज्दा समेत कुनै
प्रतिकृया नजनाएपछि अकस्माततिर लगिएको थियो ।
शनिबार बिहान करीब ४ बजे अस्पताल लग्दासम्म सास रोकेको थिएन र अस्पताल
लगी उपचारको क्रममा उनको मृत्यु भएको जनाइएको छ । उनको के कसरी मृत्यु
भयो भन्ने जिज्ञासा बारे बुझ्दा मृतकसंगै बस्ने साथी ईन्द्र श्रेष्ठले
मृतकलाई प्राय एेठन भईराख्ने जानकारी गराउनु भयो ।
मृत्युका कारणबारे हालसम्म कुनै ठोस जानकारी नभएतापनि मृतको
पोष्टमार्टमको रिपोर्ट अक्टोबर १२ तारिख भोली आउने जानकारी मृत्यु बारे
बिस्तृत जानकारी लिनका लागि अस्पताल पुग्नु भएका रुपन्देही सम्पर्क
समितिका अध्यक्ष सुरेन्द्र बरालले दिनु भएको छ । वहाँले मृतकको लाश हाल
पोच्छन् सिटीको सङ्उरी स्थित उरी हस्पताल मै राखिएको र लाशलाई आउंदो
शुक्रबार नेपाल पठाइने जानकारी समेत गराउनु भएको छ ।
एक स्रोतका अनुसार उनको मृत्यु संगै हालसम्म कोरियामा मृत्यु हुने
नेपालीहरुको संख्या सयको हाराहारी पुगेको छ ।
No comments:
Post a Comment