Friday, December 3, 2010

पोर्चुगलमा नेवारी रेष्टुरेण्ट खुल्यो > -भीम के सी कमल

लिस्बन, २ डिसेम्बर

तपाई नेवारी खानाको शौखिन त हुनुहुन्न? काठमाण्डौको हनुमानढोका, काष्ठमाण्डप वरिपरीका नेवारी रेष्टुरेन्ट अथवा नयाबजारको हारती लगायतका नेवारी भोजनालयहरु मिस गरिरहनु भएको त छैन? यदि छ भने, एउटा खुशिको समाचार छ। पोर्चुगलको राजधानी लिस्बनको मुख्य ब्यापारिक केन्द्र साल्दाना, पिकोअसमा परम्परागत नेवारी स्वादको रेस्टुरेण्ट हालै सन्चालन भएको छ। नेवारी खानाका शिद्धहस्त सेफ प्याफल टोल-२५, कामपा, काठमाण्डौ निवासी बिशाल कुमार माथेमा र माधब पाण्डेको संयुक्त प्रयास र लिस्बनका पुराना रेष्टुरेण्ट ब्यबशायी अर्जुन ठकुरीको सहयोगमा Rua Tomas Ribeiro No-64, Centro Comercial City-Loja 21, 1-Andar मा खुलेको ६४ सिटको सो रेष्टुरेण्टमा दिउसो ३ बजे देखी राती ११ बजेसम्म बिशेष गरी नेपाली समुदायलाई लक्षित गरी अत्यन्त सुपथ मुल्यमा बिभिन्न नेवारी परिकारहरु प्रस्तुत गरिएका छन्।

चिकेन, पोर्क, भेज मम, नेवारी खाजा सेट, हाँस र पोर्क छोयला, आलु तामा, भटमास चिउरा, चटामरी, मासको बारा, कचिला, भुटन, आलु साँधेको, सुकुटी, चिकेन चिल्ली लगायतका अन्य बिभिन्न नेवारी परिकारहरु पाइने सो रेष्टुरेण्टका सेफ माथेमाले युके लगायत संसारका बिभिन्न मुलुकहरुमा खाना प्रदर्शन गरी बिभिन्न पदक र पुरस्कारहरु समेत प्राप्त गरी सकेका छन्। अत्यन्त मिलनसार र परिश्रमी माथेमाले युके को बर्मिङ्घममा ज्वजलपा रेष्टुरेण्टका संचालक ल्याम रोगन जुस खानाको उत्कृष्ट स्वाद प्रस्तुत गरी वर्ल्ड फूड कम्पटिसनमा प्रथम भएका सेफ गणेश बहादुर श्रेष्ठसंग समेत सहकार्य गरी सकेका छन्।

नया स्वादका साथ खुलेको यो रेष्टुरेण्टले नियमित सेवाको अतिरिक्त सुपथ मुल्यमा पार्टी, भोज, क्याटरिङ् सेवा समेत उपलब्ध गराउने जानकारी प्राप्त भएको छ।

No comments:

Post a Comment

शुभ कामना तथा बधाई

साहित्य

My Blog List