Tuesday, December 28, 2010

जनप्रगतिशिल मञ्च पोर्तुगल पुनर्गठन

बिदेशमा रहेरपनी आफ्नो देश नेपालको अग्रगमन राष्ट्रिय स्वाधिनता ,बिदेशी साम्रज्यबाद र भारतीय बिस्तारबादको बिरुद्ध ,नागरिक सर्बोच्चता ,शान्ती र संबिधानको  लागि लड्दै आएको पोर्तुगल म बस्ने प्रगतिशिल ,बाम्पन्थी र जुझारु नेपालीहरुको सामाजिक सस्था  नेपाली जनप्रगतिशिल मञ्च पोर्तुगलको अल्गार्ब क्षेत्र को संगठन नेपाली जनप्रगतिशिल मञ्च अल्गार्ब को यही मिती डिसेम्बर २५ ,२०१० का दिन क माओ को १७१ औ जन्म दिबसको अबसरमा आयोजित एक कार्यक्रममा पुनर्गठन गरिएको छ । २००८ म स्थापना भएको उक्त कमिटिका निबर्तमान सचिब अमृत पारीयार को सभापतित्वमा नेपाली जनप्रगतिशिल मञ्च पोर्तुगलका केन्द्रिय पदाधिकारीहरु अध्यक्ष श्री राम गौचन , उपादक्ष्य श्री डिलाराम  चापागाइ ,महाचिब शेर सिंह ठकुरी र सदस्य श्री नारायण प्रसाद सुबेदी र नेपाली जनप्रगतिशिल मञ्च नर्बे का केन्द्रिय सदस्य मुकेश हिताङ को बिशेष उपस्थितिमा सम्पन्नभएको छ ।  

पोर्तुगल को सुन्दर पर्यटकिय  नगरि आल्बुफेरा मा सम्पन्न भएको उक्त कार्यक्रम को सन्चालन ललित पारीयारले गर्नुभएको थियोभने मञ्चका निबर्तमान सदस्य श्री सुर्य प्रसाद शर्माले स्वागत मन्तब्य राख्नुभयो . कार्यक्रमलाई निरन्जन कार्की, ठकुर प्रसाद गुरुङ, दिपक गुरुङ ,मुकेश हिताङ ,नारायण प्रसाद सुबेदी, शेर सिंह ठकुरी ,डिलाराम चापागाइ र राम बहादुर गौतम ले सम्बोधन गर्नुभएको थियो। सम्बोधनका क्रममा नारायण प्रसाद सुबेदी ले बिदेश मा बसेर नेपाली जनप्रगतिशिल मञ्च ले देश र जनताको हितको लागि गर्नुपर्ने कामहरुको  बारेमा, शेर शिङ ठकुरी ले चाइना मा माओ ले गरेको जनसास्किर्तिक क्रान्ति  नेपालको बर्तमान अवस्था र संगठन बिस्तार्, डिलाराम चापागाइ बाट चिनिया क्रान्तिको जगमा अहिले चाइना ले गरेको आर्थिक उन्नतिलाई जोड्दै नेपालमा जनक्रान्तिको आवश्यकता को बारेमा औल्याउनुभयो भने राम बहादुर गौतमा बाट नेपालीहरु बिदेशिनुका करणहरु ,नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा (हालको नेपाली जनप्रगतिशिल मञ्च पोर्तुगल) को स्थापना ,उदेश्य र अहिलेसम्मको यात्रा ,यसले गरेका कार्यहरु साथै नेपालमा अहिलेभैरहेको देशी बिदेशी प्रतिकृयाबादिहरुले सरकार गठनमा गरेको बाधा र हस्तक्षेप को बारेमा प्रकाश  पार्नुभयो।

पुनर्गठित  १३ सदस्यिय कार्यसमिती को अध्यक्षमा श्री अमृत पारीयार , उपाध्यक्ष हरुमा    भजेन्द्र बस्नेत र दिपक गुरुङ सचिबमा  ललित पारीयार, सहसचिब् मा  अर्जुन कोसाध्यक्षमा सुर्य प्रसाद शर्मा र सदस्यहरु राजेन्द्र मानन्धर ,बाबुराम पारीयार , मुकेश हिताङ , निरञ्जन  कार्की, सुनिल घले ,बाल कृष्ण गौतम र  रहनुभएको  छ भने १ जना सदस्य कार्यसमिती को पहिलो बैठक ले मनोनित गर्ने छ  । कार्यक्रम पछी कुरा गर्दै पोर्तुगल को भिलामोरा मा   लामो समय देखी बसोबास गर्दै आउनुभएका समाजसेबी श्री भजेन्द्र बस्नेत ले पोर्तुगल मा नेपाली जनप्रगतिशिल मञ्चले उदाहरणिय रुपमा काम गर्दै आएको , देश र जनताको पक्ष मा काम गरेकोले आफुपनी यस् मञ्च मा आबद्ध भएको र आगामी दिनहरुमा नेपाल र नेपालीहरुको लागि आझै ससक्तरुपमा सबैसँग हातमा   हात मिलाएर अगाडि बढने कुराको जानकारी गराउनुभयो ।

No comments:

Post a Comment

शुभ कामना तथा बधाई

साहित्य

My Blog List