Saturday, January 8, 2011
उपप्रधानमन्त्री सुजाता कोइराला १६ जनवरीका दिन कुवेत आउने
सुजन के. सी., कुवेत - उपप्रधानमन्त्री तथा बिदेशमन्त्री सुजाता कोइराला तीन दिने भ्रमण १६ जनवरीका दिन कुवेत आउँदै हुनुहुन्छ। वहाँ १८ जनवरीका दिन नेपाल फिर्ता हुनुहुने छ । उपप्रधानमन्त्रीले कुवेत सरकारका बिदेशमन्त्री प्रधानमन्त्री लगायत शेख अर्थात यहाँका राजालाई भेट्नु हुने छ । दुई पक्ष भेट बार्तामा दुई देशको कुटनैतीक सम्बन्ध विस्तार, सहयोग, नेपालमा लगानी, आयात निर्यात लगायत पर्यटन प्रर्वधन बढाउने र दक्ष कामदार लगायतका बिषयमा कुराकानी हुने कुवेतका लागि राजदूत मधुवन पौडेल बताउनु हुन्छ।
उपप्रधानमन्त्री सुजाता कोइरालाको भ्रमण नै कुवेतका लागि पहिलो मन्त्री स्तरिय भ्रमण हो । १९८२ मा नेपाल र कुवेतबीच कुटनैतीक सम्बन्ध स्थापित भएता पनि हालसम्म कुनै मन्त्री स्तरिय भ्रमण भएको थिएन । तर नेपाली राजपरिवारको भने बेला बेलामा कुवेत भ्रमण भएको देखिन्छ । दुई देश बीच कुटनैतिक तथा आपसी सम्बन्ध बिस्तारको लागि १९८८ मा तत्कालिन राजा श्री ५ बिरेन्द्र वीर बिक्रम शाह ३ दिने कुवेत भ्रमण गर्नु भएको थियो । त्यस्तै १९९६ र १९९९ मा राजकुमार दीपेन्द्र वीर बिक्रम शाहाले कुवेत भ्रमण गर्नु भएको थियो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment