Sunday, January 23, 2011
स्पेनमा रमेश खड्काको निधन
यही जनवरी १७ तारिखका दिन रमेश खड्काको ४२ बर्षको अल्पायु मै निधन भएको छ । खड्काको निधनले ग्रेन कानारिया र स्पेनबासी नेपालीहरु दुखित भएको प्रेम बुढाथोकीले जानकारी दिनुभएको छ ।
बुढाथोकीका अनुसार स्वर्गिय खड्का अतिनै मिलनसार भएको जानकारी दिँदै उहाँको अन्तिम श्रद्धांजली दिन उपस्थित भएका लगभग १०० जना नेपालीहरु अति भावोहिल भएका थिए ।
जनवरी १९ तारिखका दिन उहाँको पार्थिक शरिरमा सम्पूर्ण नेपालीहरुले फूल चढ़ाई श्रद्धांजली दिएका थिए । नेपालीहरुको हिन्दु परम्परा अनुसार पुरेत (पन्डित) बोलाएर बिधिबत रुपमा उहाको छोरा रसिब खडकाले दागवत्ति दिई अन्त्येस्टि गरिएको थियो ।
स्व. खड्काको एक छोरा रसिब खडका, छोरी पोब्लेस खडका र श्रीमती हुनुहुन्छ । उहाँले काम गर्ने साहू (मालिक)ले सम्पूर्ण कुरामा सक्दो सहयोग पुर्याउनु भएको थियो ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment