Monday, December 5, 2011

जनसम्पर्क समिति बेल्जियमको अधिवेशन जनवरी ८ मा

नेपाली कांग्रेसको बिदेश स्थित १ मात्र सस्था नेपाली जनसंपर्क समिती सन १९७६ देखी भारत बाट महामानब बि पि कोइरालाले सुरु गरेको अभियान अहिले संसारका झन्डै ५०औ राष्ट्रमा कृयासिल रहेका छन। नेपाली कांग्रेसको १२औ महाधिबेसन पूर्व सम्पन्न नेपाली कांग्रेसको महासमितीको बैठकले बिधानमा गरेको ब्यबस्था अनुरुप हाल संसारबाट ७ मुलुकहरुले नेपाली कांग्रेसको महाधिबेसनमा प्रतिनिधित्तो गरिसकेका छन जसमा हाम्रो सस्थाले पनि सो अबसर प्राप्त गरी सकेको छ। नेपाली जनसंपर्क समिती बेल्जियमको संगठन यो उचाइ सम्म पुराउन नेपाली कांग्रेसका धेरै संघर्ससिल साथीहरुको योगदान,समय,त्याग र समर्पणले भएको हो,अहिले हामी सस्थाको तेस्रो महाधिबेसनको संघारमा उभिएका छौ गत ओक्तोबर २३ तारिकमा सस्थाको अधिबेसन सम्पन्न गर्न सम्पूर्ण प्रकृयाहरु पुरा गरिसकेको अवस्थामा तत्कालिन परिस्थितीमा देखिएका केही कारणहरु सहित नेपाली कांग्रेसका सभापति आँफै यहाँको अधिबेसनमा आउने तत्परता सहित अधिबेसन स्थगित गर्न निर्देसित पत्रलाई नेपाली जनसंपर्क समिती बेल्जियमको बिधानको मुलमर्मलाई पालना गर्दै अधिबेसन स्थगित गरिसकेको अवस्थामा पुन अधिबेसनको मिती तयगर्न यबम केन्द्रिय सभापति सँग संपर्क तथा समनवय गरी समितिलाई आबस्यक सुझाब दिन सस्थाका सम्रक्षकज्युहरुलाई जिम्मेबारी सुम्पिएकोमा उहाहरुले दिएको सुझाब केन्द्रिय समितिबाट प्राप्त परीपत्र तथा २८ नोबेम्बरमा सम्पन्न समितिको बैठकबाटै केन्द्रिय सभापति, मुख्य सचिब र केन्द्रिय सदस्य समेत सँग प्रतक्ष्य सम्बाद गरी आगामी जनवरी ८ तारिक अधिबेसन सम्पन्न गर्ने गरी आबस्यक तयारीका लागि निर्वाचन समिती, ब्यबस्थापन समिती, मुल आयोजक समिती आवश्यकता अनुसार थपघट गरी सम्पूर्ण निर्णयहरु सार्वजनिक गरिएको छ। सस्थाको महाधिबेसनले सस्थालाई गती प्रदान,थप कृयासिलता,जागरुकता,नया कार्यक्रम,नया अबसर,र सस्था भित्रका आन्तरिक प्रतिस्पर्धा यबम असहमतिलाई समेत किनारा लगाउछ यो अबसर सस्थाका सम्पूर्ण सदस्य,शुभचिन्तक,सुभेच्छुक सस्थाका जिम्मेदार ब्यक्तीत्तोहरुले महान पर्बको रुपमा लिनु पर्दछ। यस सस्थाको महान अभियानमा सरीक भई आगामी अधिबेसनलाई भब्य,ऐतिहासिक रुपमा सम्पन्न गर्ने सबैको समान जिम्मेदारी महसुस गर्दै आ-आफ्नो स्थानबाट सहयोग गर्दै सस्थाले दिएको जिम्मेदारी बहन गर्न यसै बक्तब्य मार्फत सम्पूर्ण नेपाली जनसंपर्क समितिका मित्रहरु शहीत नेपाली कांग्रेसमा आस्थावान सम्पूर्ण साथीहरुमा आग्रह गर्दछु।


(" READ MORE ..")

Wednesday, November 23, 2011

शोकका कारण पोर्तुगलका शेर्पाहरुले ल्होछार नमनाउने

योगेन्द्रमिलन छन्त्याल, लिस्बोन - बौद्ध धर्म गुरु क्याब्जे ठुल्सिक रिम्पोचेको निधनका कारण यूरोप शेर्पा किदुग पोर्तुगलले हरेक वर्ष मनाउदै आएको ल्होछार मनाउने कार्यक्रम यो वर्षलाई रद्द गरेको छ । किदुगले नयाँ वर्ष २०१२ (डुक्लो लोसार २१३९) शोकका कारण नमनाउने निर्णय गरेको हो । कार्यसमिति बैठकको निर्णय अनुसार डिसेम्बर २५ मा गर्ने भनिएको किदुगको वार्षिक साधारण सभा र अधिवेशन पनि जनवरी १ मा गर्ने जानकारी गराइएको छ । 'हाम्रो परमपुज्य धर्म गुरु क्याब्जे ठुल्सिक रिम्पोचे महा परिनिर्वाण (शिङ्खम) मा हुनु भएकोले हामी सम्पूर्ण वौद्धधर्मावलम्बीहरुमा ठूलो क्षति पुग्न गएको छ ।' किदुग अध्यक्ष कान्छा शेर्पा र महासचिव धनराज शेर्पाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ । जनजातिहरुको साँस्कृतिक तथा धार्मिक मान्यता अनुसार १२ वटा वर्ग चक्रहरु बाघ, गाई, मुसा, मृग, कुकुर, चरा, बाँदर, भेडा, सर्प, घोडा, बिरालो र गिद्ध एकआपसमा समानान्तर भई घुमी रहन्छन । ल्होछारको शाब्दिक अर्थ ल्हो भन्नाले वर्ग र छार भन्नाले एकबाट अर्कोमा सर्दै जाने भएकोले यसलाई ल्होछार भनिएको हो । अचेल ल्होछारलाई लोसार पनि भनिने गरिन्छ । लुनार पात्रो अनुसार शेर्पाहरुले मनाउदै आएको ल्होछार फेब्रुअरीमा पर्दछ ।


(" READ MORE ..")

Monday, November 7, 2011

आज दुबईमा कार्यरत एक नेपालीको मृत्यु

रोजगारीका लागि दुबई पुगेका एक नेपालीको सडक दुर्घटनामा परि ज्यान गएको छ । धनुषाको तिलिया यादुवा गाविस घर भई दुबईमा कार्यरत राजेन्द्र साहको सोमबार दुर्घटनामा परी ज्यान गएको हो ।
साह पाँच वर्षदेखि दुबईको जेवलालीको वल्र्ड सुरक्षा कम्पनीमा कार्यरत हुनुहुन्थ्यो । साहको शब अहिले दुबईको अल रसिद अस्पतालमा छ ।


(" READ MORE ..")

Sunday, September 25, 2011

नेपाली जनसम्पर्क समितिका नेताहरुबीच भारतको मन्दिरमा भेटवार्ता

गोविन्द पोखरेल, नयाँ दिल्ली । नेपाली जन सम्पर्क समितिका पदाधिकारीहरुबीच भारतमा भेटवार्ता भएको छ । अर्घाखाँचिको नुवाकोट गा.वि.स. निमडाँडाका नविन पौडयाल दिल्ली स्थित शाहदरामा रहेको श्री पशुपतिनाथ मन्दिरको दर्शन गर्न पुगेको वेला सोहि मन्दिरमा रहेको वि.पि. कोइराला पुस्तकालयको हलमा क्षेत्रीय अध्यक्ष टेकराज पोखरेलको नेतृत्वमा विभिन्न शाखा, क्षेत्रीय र केन्द्रिय पदाधिकारिहरुले भेटघाट गरेका हुन् ।

आफ्नो आन्तरिक वैठकको समापन गरिसकेपछि शुरु गरिएको उक्त भेटघाट कार्यक्रममा प्रमुख अतिथिको रुपमा संस्थाका केन्द्रिय अध्यक्ष बालकृष्ण पाण्डे थिए भने विशिष्ट अतिथिहरुमा केन्द्रिय प्रवक्ता प्रमोद खरेल, सह महामन्त्रि विष्णु प्रसाद पाण्डे, सदस्य मेघराज पाण्डे र पुर्व उपाध्यक्ष केदारनाथ भुसाल रहेको उक्त कार्यक्रमको संचालन क्षेत्रिय महासचिव दुर्गा के.सी. ले गरेका थिए । कार्यक्रममा मन्दिर प्रबन्धक समितिका अध्यक्ष जनक गिरि र मन्दिरका मुल पण्डित विष्णु प्रसाद कोइराला तथा पण्डित यदुमणि भट्टराइको पनि सहभागिता रहेको थियो ।

कार्यक्रममा नविन पौडयालले नेपालमा २ वटा अतिवाद देखिएको टिप्पणी गरे । ‘एउटा पहाडियाहरुले भारतको बढि विरोध गर्नु र अर्को मधेशीहरु भारतसँग नजिकिनु । यो २ वटै अतिवाद नै नेपालका लागी खतराका संकेत हुन्’ उनले भने । उनले कमल थापाको जस्तो राष्ट्रवाद देशका लागी खतरा भएको तर प्रवासिहरुको राष्ट्रप्रेम नै वास्तविक राष्ट्रवाद भएको र सबै नेपालीले यसको सम्मान गर्न सिक्नुपर्ने समेत दावी गरे ।

प्रमुख अतिथि वालकृष्ण पाण्डेले तल्लो संगठनात्मक कुरालाई बडि जोड दिदै तल्लो निकायमा रहेका साथिहरुको सम्मान गर्न सके संगठन बलियो हुन सक्ने कुरा वताएका थिए । पुर्व केन्द्रिय उपाध्यक्ष केदारनाथ भुसालले हाम्रो संगठने वि.पि. कोइराला आफ्नो समयको विश्वकै तेस्रो नेता जसका साथमा गणेशमान, सुवर्ण समशेर, किसुनजी र एक्काइसौ शताब्दिको शुरुवाततिर एशियाकै प्रमुख नेता गिरिजा प्रसाद कोइराहरु नै ने.ज.स.का हरेक कार्यकर्ताहरुका लागी विरासत भएकाले हरेक कार्यकर्ताले वहाँहरुले देखाएको बाटो जहाँ कहि अधुरो र अपुरो रहेको जस्तो लाग्छ त्यहाँ लागी परेर पुरा गर्नेतर्पm लाग्नु पर्ने आजको आवश्यकता रहेको बताएका थिए ।

कार्यक्रममा प्रवक्ता प्रमोद खरेल, सह महामन्त्रि विष्णु प्रसाद पाण्डे, सदस्य मेघराज पान्डेले पनि बोलेका थिए ।


(" READ MORE ..")

Wednesday, August 24, 2011

नेपाली जनसम्पर्क समन्वय समिति युरोपको बिस्तारित बैठक सम्पन्न

जनसम्पर्क समिति युरोप - नेपाली जनसम्पर्क समन्वय समिति युरोपको बिस्तारित बैठक समितिका अध्यक्ष श्री दिल गुरुङको अध्यक्षतामा जर्मनीको बर्लिन सहरमा सम्पन्न भयो। २ चरणमा सम्पन्न सो बैठकमा पहिलो चरणमा समितिका महासचिब श्री गंगा धर गौतमले सस्थाको स्थापना कालदेखी हाल सम्मको प्रगती, भाबी कार्यक्रम् सहित बैठकका येजेन्डाहरु प्रस्तुत गर्दै कार्यक्रमको सन्चालन गर्नु भएको थियो। उपस्थित सम्पुर्ण महानुभाबहरुलाई आयोजक राष्ट्रको तर्फबाट नेपाली जनसम्पर्क समिति जर्मनिका अध्यक्ष श्री सरण के.सि ले स्वागत मन्तब्ब्य दिनु भएको थियो।

सो अबसरमा सस्थाका बरिस्ठ उपाध्यक्ष श्री पूर्ण हमाल, उपाध्यक्ष श्री पुष्प राज भण्डारी, सस्थाका सचिब यबम जनसम्पर्क समिति डेन्मार्कका अध्यक्ष श्री त्रिलोचन सापकोटा, नेपाल तरुण दल युरोपका सम्योजक यबम सस्थाका सदस्य श्री सैलेश कुमार मल्ल, सस्थाका सदस्य श्री उल्का घिमिरे, जनसम्पर्क समिति स्पेनका अध्यक्ष श्री एकराज गिरी, जनसम्पर्क समिति बेलायतको तर्फबाट सो सस्थाका सदस्य श्री सुवास अधिकारी, जनसम्पर्क समिति जर्मनिका महासचिब श्री टण्क लम्साल सस्थाकी सल्लाहकार यबम गैर आबासिय नेपाली संघ अन्त्ररास्त्रिय समन्वय परिषद महिला सम्योजक श्रीमती उशा शर्मा लगायतका बक्ताहरुले आ-आफ्नो धारणा ब्यक्त गर्नु भएको थियो। दोस्रो चरणमा समितिका येजेन्डाहरु माथी छलफल गरि निम्न निर्णयहरु गरेको छ।

१. सस्थाको आगामी दोस्रो अधिबेसन गर्ने बिषयमा ब्यापक छलफल गरि तत्कालिन अबस्थामा युरोप भित्रका फिन्ल्यान्द, नर्बे, स्वेडेन, इटली, फ्रान्स, आयर्ल्यान्द, पोल्यान्द लगायतका देसहरुमा जनसम्पर्क समितिहरु गठन गरि आगामी जनवरी भित्र जिम्मा लिनु भएका साथिहरुले बैठकमा जानकारी गराउने।
२. आगामी गैर आबासिय नेपाली संघ अन्त्ररास्त्रिय समन्वय परिषदको ५औ सम्मेलनमा NRN ले उठान गर्दै आएको १ पल्टको नेपाली सधैंको नेपाली भन्ने नारालाई सार्थकता दिन NRN अभियानमा सक्रिय भुमिका निभाएका सम्पुर्ण नेपालीहरुलाई प्रतिनिधित्तो गर्ने गरि सर्बसम्मत नेत्रित्तो चयनको लागि भूमिका खेल्ने साथै निर्बाचनमा जानै पर्ने अबस्थामा हाम्रो आस्था र आदर्स मुल्य र मान्यतालाई सिरोपर गर्दै NRN को गरिमालाई अझ उचो बनाउन सक्ने लोकतन्त्रबादी उमेदबारलाई समर्थन र सहयोग गर्ने निर्णय गरियो।
३. नेपाली जनसम्पर्क समन्वय समितिको समन्वयकारी भुमिकामा हरेक रास्त्रमा रहेका नेपाली जनसम्पर्क समितिहरुले आफ्नो देश भित्र हुने सबै खाले गतिबिधिहरुमा गरेका सस्थागत निर्णयहरुलाई सबैले पालना गर्ने कुनै सस्थागत गतिबिधी बिरुद्ध जाने प्रब्रितीलाई निरुत्साहित पार्दै आबस्यक कदमहरु चाल्नु पर्ने ठहर गरेको छ।
४. नेपाली कांग्रेसको १२ औ महाधिबेसनमा प्रतिनिधित्तो गरेका जनसम्पर्क समितिहरुको अधिबेसन ब्यबस्थित गर्न, केन्द्र सँग एकरुपता ल्याउन र जनसम्पर्क समितिका बिधान र नेपाली कांग्रेसको बिधानमा देखिएका परस्पर बाझिने बिषयको निराकरणको लागि केन्द्रिय समितिलाई पत्रचार गर्ने निर्णय गरियो।
५. नेपाली जनसम्पर्क समन्वय समिति युरोपको नियमित दोस्रो अधिबेसन कहीले र कहाँ गर्ने बिषयमा आगामी २०१२ जनवरीमा बस्ने समितिको बैठकले निर्णय गर्ने।
६. समितिको बिस्तारित बैठकलाई नेपाली कांग्रेसका सभापति श्री सुशिल कोइरालाको शुभकामना सहित युरोप भर NRN मा निर्बाचित हाम्रो सस्थाका मित्रहरुलाई हार्दिक बधाई यबम निर्बाचित गराउने सबै जनसम्पर्क समिति यबम प्रबासी नेपालीहरुलाई धन्यबाद सहितको पत्र पत्राचार गरि समिति र समितिमा काम गर्ने साथिहरुको हौसला बढाइदिनु भएकोमा सिंगो नेपाली कांग्रेस केन्द्रिय समिति र पार्टिका सभापति श्री सुशिल कोइराला ज्यु लाई हार्दिक धन्यबाद् सहित क्रितग्यता ब्यक्त गरेको छ।

जय नेपाल
गंगा धर गौतम
महासचिब
नेपाली जनसम्पर्क समन्वय
समिति युरोप
२४/०८/२०११


(" READ MORE ..")

Thursday, July 21, 2011

नेपाली एकता समाज फ्रान्सको तेश्रो बार्षिकोत्सब सम्पन्न

काशी कार्की, फ्रान्स । फ्रान्सका लागि नेपाली राजदुत दम्पति मोहनकृष्ण श्रेष्ठ र श्रीमती सजना श्रेष्ठको प्रमुख आतिथ्यतामा नेपाली एकता समाज फ्रान्सको तेश्रो बार्षिकोत्सब १७ जुलाईका दिन सम्पन्न भएको छ ।
कार्यक्रममा एनआरएनए फ्रान्सका आइसीसी सदस्य हरीहर अर्याल, एभरेष्ट नेपाल एसोसियसनका अध्यक्ष शैलेन्द्र महर्जन, पाको फाम की अध्यक्ष जिता कटुवाल, तमु समाज फ्रान्स र अन्य संघसंस्थाका प्रतिनिधिहरुका साथै फ्रान्सका विभिन्न क्षेत्रमा रहेका नेपालीहरुको उल्लेखय उपस्थिती रहेको थियो ।
यसैगरी राजदुत श्रेष्ठले विगतका दिनमा नेपाली राजदुतावास फ्रान्स र नेपाली एकता समाज फ्रान्स नेपाल र नेपाली राष्ट्रियताको भलाईमा हुने कार्यमा सहकार्य गरी सहभागि हुने बताउदै कार्यक्रमको सफलताको सुभकामना दिनु भएको थियो । साथै आइसीसी सदस्य हरीहर अर्याल र जिता कटुवालले पनि एकता समाजले उदार मन बनाएर प्रुान्समा रहेका नेपालीलाई सहयोग गर्दै आएकोमा धन्यवाद दिदै कार्यक्रमको सफलताको कामना गर्नु भएको थियो ।

त्यसैगरी कार्यक्रममा नेपाली एकता समाजका अध्यक्ष तप्त भण्डारीले समाजको बार्षिक गतिविधहरुका बारेमा जानकारी गराउनु भएको थियो भने खेलकुद प्रतियोगितामा राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा प्राप्त उपाधिहरुको पनि पर्दशन गरिएको थियो ।

कार्यक्रममा हलयाण्डबाट आएका नेपाली कलाकार राजु गुरुङ, विन्दिया गुरुङ र स्थानिय कलाकार सोनी थापा निलम नेपाल दिब्या गिरी फ्लोरेन्स मल्ल सन्त पुन कमल काफ्ले आदिले सास्कृतिक मनोरन्जन प्रश्तुत गरेका थिए ।
संस्थाका कोषाध्यक्ष सुक गुरुङको टोलिले नेपाली खानाको व्यवस्था गर्नु भएको थियो भने कार्यक्रमको उद्घोषण महासचिव प्रमोद पाण्डे र सास्कृतिक कार्यक्रमको उद्घोषण ध्रुव घिमिरेबाट गरिएको थियो ।
कार्यक्रमको अन्त्यमा संस्थालाई उल्लेखय सहयोग पुर् याउनु हुने ऐकेन्द्र मल्ल र विष्णु पुनलाई सम्मान पनि गरिएको थियो ।


(" READ MORE ..")

Thursday, June 23, 2011

एन आर एन डेनमार्कको अधिवेशनको तयारी पुरा

-भीम के सी कमल

कोपनहेगन, २३ जुन



गैर आवाशिय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद डेनमार्कको प्रथम अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको जानकारी प्राप्त भएको छ।



एनआरएन डेनमार्कका अध्यक्ष सोमनाथ सापकोटाले एक प्रेस बिज्ञप्ति जारी गर्दै आगामी जुन २५ तारिख शनिबार दिनको १० बजे देखी नेपाली राजदुताबास डेनमार्कको सभाकक्ष Svanemollevej-92,
2900 Hellerup, Copenhagen मा हुने संघको प्रथम अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिनु भएको हो।



एनआरएन डेनमार्कलाई सम्पुर्ण डेनमार्कवासी आप्रवासी नेपालीहरुको साझा संगठनको रुपमा बिकसित गराउन र कार्यकाल सफल बनाउन सहयोग पुर्याउने सम्पुर्ण डेनमार्कबासी नेपाली दिदिबहिनि तथा दाजुभाईहरुलाइ हार्दिक धन्यबाद ज्ञापन गर्दै बिज्ञप्तीमा उक्त दिनको कार्यक्रममा सहभागी भै संघको प्रथम अधिवेशन सफल पार्नको निमित्त हार्दिक आग्रह गरिएको छ।



उदघाटन सत्र, बन्द सत्र र निर्बाचन सत्र गरी ३ सत्रमा संचालन हुने उक्त अधिवेशनको निर्बाचन सम्बन्धी बिस्तृत बिबरण संघको वेबसाइट www.nrndenmark.com मा राखिएको कुरा समेत बिज्ञप्तीमा उल्लेख गरिएको छ।



संघको अधिवेशनलाई भब्यतापुर्बक सम्पन्न गराउन यस अघि नै अध्यक्ष सोमनाथ सापकोटाको अध्यक्षतामा अधिवेशन तयारी समिती र उदयराज गौतमको संयोजकत्वमा निर्बाचन समिति गठन भै सकेको छ।



संघको आगामी नेतृत्वको सन्दर्भमा यति खेर कोपनहेगनमा ब्यापक चर्चा चलिरहेको पाइन्छ। प्राप्त समाचार अनुसार नेतृत्वको निमित्त संघका बर्तमान उपाध्यक्ष महेश कंशाकार र जनसम्पर्क समिति डेनमार्कका उपाध्यक्ष मोहन मिश्रको नाम अग्रपंक्तिमा रहेको छ।



नेतृत्वको प्रश्नमा बर्तमान अध्यक्ष सापकोटाले भने सहमतीको आधारमा नेतृत्व चयन गर्ने मार्ग प्रसस्त गर्दै आँफु नेतृत्वको दौडमा नरहेको जानकारी दिनु भएको छ।


(" READ MORE ..")

Monday, May 9, 2011

कतारको अस्पतालमा जीवन र मृत्युको दोसाँधमा नेपाली चेली

रवि रोषी, दोहा कतार । आज भन्दा छ महिना पहिले वैदेशिक रोजगारको सिलसिलामा कतार आएकी थिइन् निशा मिश्र । सात बर्षको छोराको भविष्यको लागि केहि गर्छु भन्ने सपना बोकेर कतार आएकी निशा जब एक्कासी छाती दुख्ने समस्या देखिएपछि हमाद मेडिकल अस्पतालमा जचाउन आईपुगिन् तव उनी छांगोबाट खसेको जस्तो भईन् ।

उनीलाई विगत सत्र दिन देखि नित्य जाँच पड्ताल गर्दै आएका डक्टरले उनकै अगाडि बाँच्ने सम्भावना न्युन भएको भन्दै नेपाल जान आग्रह गरेपछि अहिले उनको र उनको परिवारमा आँसुको भेल रोकिएको छैन ।

आजभन्दा ४ बर्ष पहिले लोग्नेले छोडेर अर्को विहे गरेपछि उनी माइतीको आश्रयमा बस्दै आएकी थिइन् । बडो कष्टको साथ पैसाको जोहो गरेर कतार आएकी उनी नेपालबाट मेनपावरले ब्युटिपार्लरको लागि मासिक १००० भनेर पठाए पनि आठ सय भन्दा नदिएको बताउने उनी अहिले म मेरो लागि होइन मेरो छोराको लागि भने पनि बाँच्न चाहन्छु भनी सहयोगको याचना गरेकी छिन् ।


झापा गरामनी ४ माइती भएकी निशालाई विहे भएको ३ बर्षमा नै विराटनगरवासी उनका पतिले छोडेपछि माइतीघरमा बस्दै आएकी छिन् । माइतीको आर्थिक अवस्था एकदम नाजुक भएको र आमा एकजना विद्युत प्राधिकरणमा पियनको जागिरबाट घर चलाउँदै आएको हुनाले नेपाल फर्किएपछि उनको उपचार गरेर बाँच्ने आशा नरहेको बताउँदै कतार स्थित हमाद मेडिकल अस्पतालको बेड नं। ६३५मा दुई हातले मुख छोपेर भक्कानो छोडेर रोइन् । यदि मलाई नेपाली चेली सम्झिएर मलाई बचाउन चाहनुहुन्छ भने तपाईंहरुलाई मेरो धेरै आशिष लाग्ने छ भन्दै कतारमा रहेका सम्पुर्ण नेपाली दाजुभाई तथा सामाजिक संस्थाहरुसंग सहयोगको लागि यो सन्देश पुर्याइदिन आग्रह गरिन् ।

त्यहाँ कार्यरत भारतीय डक्टरलाई भेटेर परामर्श लिँदा यसको उपचार भारतमा सहज संग हुने तर यहाँ ठूलो रकम लाग्ने भएको हुनाले नेपाल पठाउन खोजिएको बताउने उनले निशाको मुटुको दाहिने भागमा मासुको झिल्ली मात्र पलाएको हुँदा त्यसको लागि मुटु प्वाल पारेर कृत्रिम संयन्त्र जडान गरेमा लामो समय बाँच्न सक्ने बताए । २३ बर्षीया निशाको लागि कतारका सामाजिक संस्थाले ३ महिनाको लागि ९००० रियाल बराबर एकलाख असी हजार रुपैँया नेपालीको औषधी निशुल्क उपलब्ध गराउने भएको पनि निशाले बताईन् यदि दयालु मुटु भएको कोहि नेपाली दाजुभाईहरु हुनुहुन्छ भने मलाई आर्थिक सहयोग गर्नुहोस् उनले भनिन् ।

पतिले छोडेपनि छोराको लागि भनेर माइतीमा बसेर बाँचेकै थिएँ । नाबालक छोरालाई शिक्षा दीक्षा दिएर बालिग र योग्य बनाउछु भन्ने मेरो सपना पुरा गर्न भने पनि मलाई सहयोग गर्नुहोस् यो मेरो सहयोगको सन्देश सवैमाझ पुर्याएर सहयोग गर्नुहुनेछ भन्ने आशा लिएकी छु उनले भनिन् ।


उनको थप उपचारार्थ तथा नेपाल पठाउने व्यवस्थाको लागि कतारका व्यवशायी तथा समाजसेवी महेन्द्र चौँलागाईं र लक्ष्मण खतिवडा तथा प्रवासी नेपाली झापाली सम्पर्क मंचले आर्थिक सहयोग संकलन गरी पिडित निशालाई तीन चार दिनमा नै नेपाल पठाउने तयारीमा लागेको बताएका छन् ।


(" READ MORE ..")

Saturday, March 5, 2011

नेपाली जनसम्पर्क समिति स्पेन ले सोक सभा गर्ने

नेपाली काँग्रेसका सश्थापक नेता २०१५ का निर्बाचित सभामुख, २०४७ का अन्तरिम प्रधानमन्त्री, नेपाली काँग्रेसका पुर्ब सभापति, राणाकाल देखी ३० बर्षे पंचायत शासनका बिरुद्दका हरेक आन्दोलनका नेतृत्वकर्ता आदरनीय श्री कृष्ण प्रसाद भट्टराईको ८६ बर्षको उमेरमा देहान्त भएको यस दुखद घडीमा समस्त शोकाकुल परिवार जन  प्रति नेपाली जनसम्पर्क समिति स्पेन परिवार हार्दिक समबेदना प्रकट गर्दै मृत आत्मा को चिर शान्ति को कामना गर्दछौ । नेपाली जनसम्पर्क समिति स्पेन ले  यही मार्च ६ तारिक आईतवार का दिन सोक सभा गर्ने भएको छ । उक्त सभा मा उपस्थित भै दिनु हुन अनुरोध् गर्दछौ ।देस
ले एउटा प्रजातन्त्र को पहरेदर शन्त नेता गुमायको यस दुखद घडी मा स्पेन बासी सबै नेपाली दाजु भाई बिबिन्न संघ सस्था का पदधिकरी लाई पत्रचार् गर्न असमर्थ रहेको  र यसै समाचार लाई आधिकरिक मानी सोक सभा मा उपस्थित भै दिनु हुन जनसम्पर्क समिति स्पेन अनुरोध गर्दछ ।

स्थान ।। casp १५० (राम लाल दाई को रेस्तुरेन्ट )समय ५ बजे


(" READ MORE ..")

Sunday, January 23, 2011

स्पेनमा रमेश खड्काको निधन

यही जनवरी १७ तारिखका दिन रमेश खड्काको ४२ बर्षको अल्पायु मै निधन भएको छ । खड्काको निधनले ग्रेन कानारिया र स्पेनबासी नेपालीहरु दुखित  एको प्रेम बुढाथोकीले जानकारी दिनुभएको छ ।
      बुढाथोकीका अनुसार स्वर्गिय खड्का अतिनै मिलनसार भएको जानकारी दिँदै उहाँको अन्तिम श्रद्धांजली दिन उपस्थित भएका लगभग १०० जना नेपालीहरु अति भावोहिल भा थिए ।
जनवरी १९ तारिखका दिन उहाको पार्थिक शरिरमा सम्पूर्ण नेपालीहरुले फूल चढ़ाई श्रद्धांजली दिका थिए । नेपालीहरुको हिन्दु परम्परा अनुसार पुरेत (न्डित) बोलार बिधिबत रुपमा उहाको छोरा रसिब खडकाले दागवत्ति दि अन्त्येस्टि गरिको थियो
स्व. खड्काको एक छोरा रसिब खडका, छोरी पोब्लेस खडका र श्रीमती हुनुहुन्छ उहाले काम गर्ने साहू (मालिक)ले सम्पूर्ण कुरामा सक्दो सहयोग पुर्याउनु भको थियो


(" READ MORE ..")

Saturday, January 8, 2011

उपप्रधानमन्त्री सुजाता कोइराला १६ जनवरीका दिन कुवेत आउने

सुजन के. सी., कुवेत -  उपप्रधानमन्त्री तथा बिदेशमन्त्री सुजाता कोइराला तीन दिने भ्रमण १६ जनवरीका दिन कुवेत आउँदै हुनुहुन्छ। वहाँ १८ जनवरीका दिन नेपाल फिर्ता हुनुहुने छ । उपप्रधानमन्त्रीले कुवेत सरकारका बिदेशमन्त्री प्रधानमन्त्री लगायत शेख अर्थात यहाँका राजालाई भेट्नु हुने छ । दुई पक्ष भेट बार्तामा  दुई देशको कुटनैतीक सम्बन्ध विस्तार,  सहयोग, नेपालमा लगानी, आयात निर्यात लगायत पर्यटन प्रर्वधन बढाउने र दक्ष कामदार लगायतका बिषयमा कुराकानी हुने कुवेतका लागि  राजदूत मधुवन पौडेल बताउनु हुन्छ। 

 उपप्रधानमन्त्री सुजाता कोइरालाको भ्रमण नै कुवेतका लागि पहिलो मन्त्री स्तरिय भ्रमण हो । १९८२ मा नेपाल र कुवेतबीच कुटनैतीक सम्बन्ध स्थापित भएता पनि हालसम्म कुनै मन्त्री स्तरिय भ्रमण भएको थिएन । तर नेपाली राजपरिवारको भने बेला बेलामा कुवेत  भ्रमण भएको देखिन्छ । दुई देश बीच कुटनैतिक तथा आपसी सम्बन्ध बिस्तारको लागि १९८८ मा तत्कालिन राजा श्री ५ बिरेन्द्र वीर  बिक्रम शाह ३ दिने कुवेत भ्रमण गर्नु भएको थियो । त्यस्तै १९९६ र १९९९ मा राजकुमार दीपेन्द्र वीर बिक्रम शाहाले कुवेत भ्रमण गर्नु भएको थियो ।


(" READ MORE ..")

शुभ कामना तथा बधाई

साहित्य

My Blog List