Wednesday, November 23, 2011

शोकका कारण पोर्तुगलका शेर्पाहरुले ल्होछार नमनाउने

योगेन्द्रमिलन छन्त्याल, लिस्बोन - बौद्ध धर्म गुरु क्याब्जे ठुल्सिक रिम्पोचेको निधनका कारण यूरोप शेर्पा किदुग पोर्तुगलले हरेक वर्ष मनाउदै आएको ल्होछार मनाउने कार्यक्रम यो वर्षलाई रद्द गरेको छ । किदुगले नयाँ वर्ष २०१२ (डुक्लो लोसार २१३९) शोकका कारण नमनाउने निर्णय गरेको हो । कार्यसमिति बैठकको निर्णय अनुसार डिसेम्बर २५ मा गर्ने भनिएको किदुगको वार्षिक साधारण सभा र अधिवेशन पनि जनवरी १ मा गर्ने जानकारी गराइएको छ । 'हाम्रो परमपुज्य धर्म गुरु क्याब्जे ठुल्सिक रिम्पोचे महा परिनिर्वाण (शिङ्खम) मा हुनु भएकोले हामी सम्पूर्ण वौद्धधर्मावलम्बीहरुमा ठूलो क्षति पुग्न गएको छ ।' किदुग अध्यक्ष कान्छा शेर्पा र महासचिव धनराज शेर्पाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ । जनजातिहरुको साँस्कृतिक तथा धार्मिक मान्यता अनुसार १२ वटा वर्ग चक्रहरु बाघ, गाई, मुसा, मृग, कुकुर, चरा, बाँदर, भेडा, सर्प, घोडा, बिरालो र गिद्ध एकआपसमा समानान्तर भई घुमी रहन्छन । ल्होछारको शाब्दिक अर्थ ल्हो भन्नाले वर्ग र छार भन्नाले एकबाट अर्कोमा सर्दै जाने भएकोले यसलाई ल्होछार भनिएको हो । अचेल ल्होछारलाई लोसार पनि भनिने गरिन्छ । लुनार पात्रो अनुसार शेर्पाहरुले मनाउदै आएको ल्होछार फेब्रुअरीमा पर्दछ ।

No comments:

Post a Comment

शुभ कामना तथा बधाई

साहित्य

My Blog List