Tuesday, December 28, 2010
जनप्रगतिशिल मञ्च पोर्तुगल पुनर्गठन
बिदेशमा रहेरपनी आफ्नो देश नेपालको अग्रगमन राष्ट्रिय स्वाधिनता ,बिदेशी साम्रज्यबाद र भारतीय बिस्तारबादको बिरुद्ध ,नागरिक सर्बोच्चता ,शान्ती र संबिधानको लागि लड्दै आएको पोर्तुगल म बस्ने प्रगतिशिल ,बाम्पन्थी र जुझारु नेपालीहरुको सामाजिक सस्था नेपाली जनप्रगतिशिल मञ्च पोर्तुगलको अल्गार्ब क्षेत्र को संगठन नेपाली जनप्रगतिशिल मञ्च अल्गार्ब को यही मिती डिसेम्बर २५ ,२०१० का दिन क माओ को १७१ औ जन्म दिबसको अबसरमा आयोजित एक कार्यक्रममा पुनर्गठन गरिएको छ । २००८ म स्थापना भएको उक्त कमिटिका निबर्तमान सचिब अमृत पारीयार को सभापतित्वमा नेपाली जनप्रगतिशिल मञ्च पोर्तुगलका केन्द्रिय पदाधिकारीहरु अध्यक्ष श्री राम गौचन , उपादक्ष्य श्री डिलाराम चापागाइ ,महाचिब शेर सिंह ठकुरी र सदस्य श्री नारायण प्रसाद सुबेदी र नेपाली जनप्रगतिशिल मञ्च नर्बे का केन्द्रिय सदस्य मुकेश हिताङ को बिशेष उपस्थितिमा सम्पन्नभएको छ ।
पोर्तुगल को सुन्दर पर्यटकिय नगरि आल्बुफेरा मा सम्पन्न भएको उक्त कार्यक्रम को सन्चालन ललित पारीयारले गर्नुभएको थियोभने मञ्चका निबर्तमान सदस्य श्री सुर्य प्रसाद शर्माले स्वागत मन्तब्य राख्नुभयो . कार्यक्रमलाई निरन्जन कार्की, ठकुर प्रसाद गुरुङ, दिपक गुरुङ ,मुकेश हिताङ ,नारायण प्रसाद सुबेदी, शेर सिंह ठकुरी ,डिलाराम चापागाइ र राम बहादुर गौतम ले सम्बोधन गर्नुभएको थियो। सम्बोधनका क्रममा नारायण प्रसाद सुबेदी ले बिदेश मा बसेर नेपाली जनप्रगतिशिल मञ्च ले देश र जनताको हितको लागि गर्नुपर्ने कामहरुको बारेमा, शेर शिङ ठकुरी ले चाइना मा माओ ले गरेको जनसास्किर्तिक क्रान्ति नेपालको बर्तमान अवस्था र संगठन बिस्तार्, डिलाराम चापागाइ बाट चिनिया क्रान्तिको जगमा अहिले चाइना ले गरेको आर्थिक उन्नतिलाई जोड्दै नेपालमा जनक्रान्तिको आवश्यकता को बारेमा औल्याउनुभयो भने राम बहादुर गौतमा बाट नेपालीहरु बिदेशिनुका करणहरु ,नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा (हालको नेपाली जनप्रगतिशिल मञ्च पोर्तुगल) को स्थापना ,उदेश्य र अहिलेसम्मको यात्रा ,यसले गरेका कार्यहरु साथै नेपालमा अहिलेभैरहेको देशी बिदेशी प्रतिकृयाबादिहरुले सरकार गठनमा गरेको बाधा र हस्तक्षेप को बारेमा प्रकाश पार्नुभयो।
पुनर्गठित १३ सदस्यिय कार्यसमिती को अध्यक्षमा श्री अमृत पारीयार , उपाध्यक्ष हरुमा भजेन्द्र बस्नेत र दिपक गुरुङ सचिबमा ललित पारीयार, सहसचिब् मा अर्जुन कोसाध्यक्षमा सुर्य प्रसाद शर्मा र सदस्यहरु राजेन्द्र मानन्धर ,बाबुराम पारीयार , मुकेश हिताङ , निरञ्जन कार्की, सुनिल घले ,बाल कृष्ण गौतम र रहनुभएको छ भने १ जना सदस्य कार्यसमिती को पहिलो बैठक ले मनोनित गर्ने छ । कार्यक्रम पछी कुरा गर्दै पोर्तुगल को भिलामोरा मा लामो समय देखी बसोबास गर्दै आउनुभएका समाजसेबी श्री भजेन्द्र बस्नेत ले पोर्तुगल मा नेपाली जनप्रगतिशिल मञ्चले उदाहरणिय रुपमा काम गर्दै आएको , देश र जनताको पक्ष मा काम गरेकोले आफुपनी यस् मञ्च मा आबद्ध भएको र आगामी दिनहरुमा नेपाल र नेपालीहरुको लागि आझै ससक्तरुपमा सबैसँग हातमा हात मिलाएर अगाडि बढने कुराको जानकारी गराउनुभयो ।
(" READ MORE ..")
Friday, December 3, 2010
पोर्चुगलमा नेवारी रेष्टुरेण्ट खुल्यो > -भीम के सी कमल
लिस्बन, २ डिसेम्बर
तपाई नेवारी खानाको शौखिन त हुनुहुन्न? काठमाण्डौको हनुमानढोका, काष्ठमाण्डप वरिपरीका नेवारी रेष्टुरेन्ट अथवा नयाबजारको हारती लगायतका नेवारी भोजनालयहरु मिस गरिरहनु भएको त छैन? यदि छ भने, एउटा खुशिको समाचार छ। पोर्चुगलको राजधानी लिस्बनको मुख्य ब्यापारिक केन्द्र साल्दाना, पिकोअसमा परम्परागत नेवारी स्वादको रेस्टुरेण्ट हालै सन्चालन भएको छ। नेवारी खानाका शिद्धहस्त सेफ प्याफल टोल-२५, कामपा, काठमाण्डौ निवासी बिशाल कुमार माथेमा र माधब पाण्डेको संयुक्त प्रयास र लिस्बनका पुराना रेष्टुरेण्ट ब्यबशायी अर्जुन ठकुरीको सहयोगमा Rua Tomas Ribeiro No-64, Centro Comercial City-Loja 21, 1-Andar मा खुलेको ६४ सिटको सो रेष्टुरेण्टमा दिउसो ३ बजे देखी राती ११ बजेसम्म बिशेष गरी नेपाली समुदायलाई लक्षित गरी अत्यन्त सुपथ मुल्यमा बिभिन्न नेवारी परिकारहरु प्रस्तुत गरिएका छन्।
चिकेन, पोर्क, भेज मम, नेवारी खाजा सेट, हाँस र पोर्क छोयला, आलु तामा, भटमास चिउरा, चटामरी, मासको बारा, कचिला, भुटन, आलु साँधेको, सुकुटी, चिकेन चिल्ली लगायतका अन्य बिभिन्न नेवारी परिकारहरु पाइने सो रेष्टुरेण्टका सेफ माथेमाले युके लगायत संसारका बिभिन्न मुलुकहरुमा खाना प्रदर्शन गरी बिभिन्न पदक र पुरस्कारहरु समेत प्राप्त गरी सकेका छन्। अत्यन्त मिलनसार र परिश्रमी माथेमाले युके को बर्मिङ्घममा ज्वजलपा रेष्टुरेण्टका संचालक ल्याम रोगन जुस खानाको उत्कृष्ट स्वाद प्रस्तुत गरी वर्ल्ड फूड कम्पटिसनमा प्रथम भएका सेफ गणेश बहादुर श्रेष्ठसंग समेत सहकार्य गरी सकेका छन्।
नया स्वादका साथ खुलेको यो रेष्टुरेण्टले नियमित सेवाको अतिरिक्त सुपथ मुल्यमा पार्टी, भोज, क्याटरिङ् सेवा समेत उपलब्ध गराउने जानकारी प्राप्त भएको छ।
(" READ MORE ..")
Subscribe to:
Comments (Atom)