Wednesday, January 4, 2012

एनआरएनए साउदी अरबका निर्णयहरू ३ जनवरी २०१२

NRNA साउदी अरब गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबको सातौं पुर्ण बैठक परिषदका अध्यक्ष धरम के.सी.को अध्यक्षतामा गतः ३० डिसेम्बर २०११ मा नेपाली राजदूतावास रियादको परिसरमा सम्पन्न भयो । उक्त बैठकले पारित गरेका निर्णयहरू यसप्रकार छनः मनोनित सदस्यहरूको चयन श्रीमति कुमारी सुनारी मगरलाई महिला प्रतिनिधीमा, नरेन्द्र कुमार शाहलाई युवा प्रतिनिधीमा र बिमल गौतमलाई कार्यसमितिको सदस्यमा चयन गरियो । सल्लाहकार परिषदको बिस्तार यस अघिको ३ सदस्यिय सल्लाहकार परिषदलाई बिस्तार गर्दै निम्न बमोजिमका थप ९ सल्लाहकारहरूलाई एनसिसीको सल्लाहकार परिषदमा समावेश गरिएको छः (१) राजु सैयद – पुर्ब मध्यपुर्ब सह संयोजक, एनआरएनए आइसिसी, दमाम (२) राम बेलबासे – पुर्ब सदस्य (अनुमोदन), एनआरएनए आइसिसी, रियाद (३) श्रीमति लेकी शेर्पा – महिला समाजसेवी, ताइफ (जेद्धा) (४) हुम सुनारी मगर – अध्यक्ष, नेपाल आदिवासी जनजाति महासंघ साउदी अरब, रियाद (५) छोटु थापा – अध्यक्ष, हेल्प नेपाल साउदी च्याप्टर, रियाद (६) नारायण गुरूङ – उपाध्यक्ष, तमुधिं साउदी अरब, जेद्धा (७) दिपक रेग्मी – कुशल सामाजिक कार्यकर्ता (समाजसेवी), रियाद (८) मनोज बिष्ट – अध्यक्ष, लुम्बिनी प्रबासी सम्पर्क मञ्च, दमाम (९) गिरीराज न्यौपाने – का.बा. अध्यक्ष, नेपाली जनप्रगतिशिल मञ्च साउदी अरब, रियाद टास्क फोर्स कमिटीहरूमा नियुक्ती क) अमित गुरूङ्ग संयोजक, सामूहिक लगानी ख) मिनराज आचार्य संयोजक, स्किल डाइरेक्टरी ग) सूर्य बिक्रम याखा संयोजक, सुचना तथा संचार घ) डिक बहादुर महत सदस्य, लेबर टास्क फोर्स मध्य क्षेत्र (रियाद) ङ) नबिन मुडबरी सदस्य, लेबर टास्क फोर्स पूर्वी क्षेत्र (दमाम) च) रामराधा घिमिरे सदस्य, लेबर टास्क फोर्स पश्चिमी क्षेत्र (जेद्धा) मध्य क्षेत्र (रियाद)मा लेबर टास्क फोर्स गठन क) रमेश भण्डारी संयोजक ख) डोर बहादुर कार्की सदस्य ग) जैबि राई सदस्य घ) डिक बहादुर महत सदस्य ङ) खगेन्द्र खनाल सदस्य च) राम कृष्ण श्रेष्ठ सदस्य छ) बाबुराम खनाल सदस्य पुर्बी क्षेत्र (दमाम) र पश्चिमी क्षेत्र (जेद्धा) का लागि एनसिसीको छैठौं बैठकबाट नै लेबर टास्क फोर्स कमिटीहरू गठन गरिएका छन जसमध्ये जेद्धाबाट संयोजक रमेश भण्डारीको हालै रियादमा सरूवा भएपछि जेद्धा क्षेत्रको संयोजकको पुनर्नियुक्ती गर्नुपर्ने एनआरएनए साउदी अरबको वेभ साइटको सम्पादक समितीको बिस्तार क) धरम के.सी. प्रधान सम्पादक ख) नमराज लामिछाने सम्पादक ग) दुर्गा खनाल सम्पादक घ) सुर्य बिक्रम याखा सम्पादक ङ) दिपक आचार्य सम्पादक च) सन्तोष लुइटेल सम्पादक महिला बेच्ने दलाल पक्राउनेलाई पुरस्कार महिला बेचबिखनमा संलग्न गिरोहलाई पक्राउने कुनैपनि ब्यक्ती या संस्था(हरू)लाई एनआरएनए साउदी अरबको कल्याणकारी कोषबाट अधिकतम रू. १ लाख सम्म पुरस्कृत गर्ने । यो पुरस्कार राशी बढीमा १० जना दलालहरू पक्राउनेलाई जनही रू. १० हजारका दरले प्रदान गरिने छ । एनआरएनए साउदी अरबको कल्याणकारी कोषबाट सहयोग (१) ब्रेन ट्युमर भएका पञ्जिकृत सदस्य झापाका मोहन खतिवडा (दर्ता नम्बर ३०८) को उपचारका लागि रू. ४० हजार सहयोग दिइने (२) साउदी मालिक्नीको कुटपीटबाट दांत गुमाएकी (झरेका, हल्लिएका) घरेलु महिला कामदार मोरङ पथरी-१ की चन्द्र कला लिम्बुलाई दांतको उपचारका लागि रू. ५ हजार सहयोग दिइने

No comments:

Post a Comment

शुभ कामना तथा बधाई

साहित्य

My Blog List