Monday, January 30, 2012
गैर आवासीय नेपाली संघ आइसीसीको वैदेशिक रोजगार कार्यदल गठन
गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका सचिव टिवी कार्कीको संयोजकत्वमा वैदेशिक रोजगार टास्क फोर्स कमिटी गठन गरिएको छ । वैदेशिक रोजगारको सिलसिलामा विश्वभरि छरिएर रहेका नेपालीहरुको सुरक्षित आप्रवासन उद्येश्य अनुरुप नेपालीहरुको बसाईलाई सुरक्षित, मर्यादित र ब्यवस्थित बनाउँदै तमाम गैर आवासीय नेपालीहरुको आर्थिक स्तरमा बृद्धि गरी नेपाल राष्ट्रलाई समृद्धतामा लैजाने टास्कफोर्सको उद्येश्य रहेको र यस कार्यका लागि ५८ देशमा खोलिएका एनसीसी लगायत सम्पुर्ण नेपालीहरुको सहयोग मिल्नेछ भन्ने पुर्ण विश्वाश रहेको कार्कीले बताए । यदी, यसो गर्न सकिएको अवस्थामा नेपालीहरुको आर्थिक स्थितीमा वृद्धि भई गैर आवासीय नेपाली संघको सामुहिक लगानी गर्ने ड्रिम प्रोजेक्टमा सघाउ पुग्ने दाबी गरे ।नव गठित यस टास्कफोर्स टिमले गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको मातहतमा रही नेपाल सरकारसंग बैदेशिक रोजगार र श्रमिकहरुमा देखिएका समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने बिषयमा छलफल गर्दै समस्या निराकरण गर्न अघि बढ्ने पनि उनले जानकारी गराए । यसको साथै नेपालमा रहेका बेरोजगार युवाहरुलाई स्वदेशमा नै सीपमुलक प्रशिक्षण प्रदान गर्ने योजना अनुरुप गैर आवासीय नेपाली संघले नेपाल उद्योग वाणिज्य महासंघसंग सहकार्य गरी गोरखा जिल्लाको उद्योग वाणिज्य संघको हाताभित्र सीपमूलक प्रशिक्षण केन्द्र सञ्चालनार्थ २५ लाख प्रदान गरी प्रशिक्षण केन्द्र सञ्चालनमा आईसकेको छ । सीपमूलक प्रशिक्षणबाट उत्पादित उक्त जनशक्तिलाई नेपालमा स्थापित उद्योग धन्दा तथा अन्यमा रोजगारको अवसर प्रदान गरिने र थप जनशक्तिहरुले सीपमलक शिक्षा लिई तेश्रो मुलुकमा जान चाहेको अवस्थामा पनि दक्ष कामदारको रुपमा गई आफ्नो आर्थिक जीवनस्तर उकास्न सक्ने बताए । आइसीसी सचिव टिवी कार्कीको संयोजकत्वमा गठित २ बर्षे कार्यअवधि रहने उक्त टास्कफोर्स टिमको सल्लाहकारमा रामबाबु ढकाल (पराराष्ट्र मन्त्रालयका उपसचिव), भीम उदास ( गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका संस्थापक महासचिव ) , तेन्जी शेर्पा ( गैर आवासीय नेपाली संघका वर्तमान महासचिव ) , सोमलाल बाटाजु (बैदेशिक रोजगार व्यवशायी संघका अध्यक्ष) र डा. गणेश गुरुङ (नेपाल इन्स्टिच्युट अफ डेभलपमेन्ट स्टडीजका संस्थापक कार्यकारी अध्यक्ष, सुरक्षित आप्रवासन सम्बन्धी बिषयका शोधकर्ता तथा नेपाल सरकारका सल्लाहकार, राष्ट्रिय योजना आयोग जस्ता विभिन्न उच्च पदमा रही भुमिका निभाईसकेका ) रहेका छन् । यस अभियानलाई अझ मजबुत र प्रभावकारी बनाउनको लागि विश्वभरि रहेका गैर आवासीय नेपालीहरुलाई क्षेत्रगत रुपमा कार्यगत विभाजन गरी ६ जना उपसंयोजक सहित हाललाई ८ जना सदस्यहरु मनोनयन गरीएको छ । जस अन्तर्गत क्षेत्रगत रुपमा मध्यपूर्व एसियाबाट सह संयोजक शेर बहादुर परियार (कतार) एसिया प्रशान्तबाट गंगा राज राई (कोरिया), ओसियानाबाट श्रीमती रन्जु थापा (अष्टे�लिया), युरोपबाट सोम सापकोटा (डेनमार्क), अफ्रिकाबाट बाबुराम शर्मा, अमेरिकाबाट श्रीमती बिभा माया रन्जित मनोनयन भएका छन् ।त्यस्तैगरी सदस्यहरुमा छत्र लामा (युएई), श्याम तामाङ (बहराइन), सुजन केसी (कुवेत), सुरज मास्के (ओमान), पुष्पराज अधिकारी (बेल्जियम), गोविन्द श्रेष्ठ (जापान), चिरन्जीव ढकाल (युके) र हरि घिमिरे (साउदी अरब) रहेका छन् ।
(" READ MORE ..")
Wednesday, January 4, 2012
एनआरएनए साउदी अरबका निर्णयहरू ३ जनवरी २०१२
NRNA साउदी अरब गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबको सातौं पुर्ण बैठक परिषदका अध्यक्ष धरम के.सी.को अध्यक्षतामा गतः ३० डिसेम्बर २०११ मा नेपाली राजदूतावास रियादको परिसरमा सम्पन्न भयो । उक्त बैठकले पारित गरेका निर्णयहरू यसप्रकार छनः मनोनित सदस्यहरूको चयन श्रीमति कुमारी सुनारी मगरलाई महिला प्रतिनिधीमा, नरेन्द्र कुमार शाहलाई युवा प्रतिनिधीमा र बिमल गौतमलाई कार्यसमितिको सदस्यमा चयन गरियो । सल्लाहकार परिषदको बिस्तार यस अघिको ३ सदस्यिय सल्लाहकार परिषदलाई बिस्तार गर्दै निम्न बमोजिमका थप ९ सल्लाहकारहरूलाई एनसिसीको सल्लाहकार परिषदमा समावेश गरिएको छः (१) राजु सैयद – पुर्ब मध्यपुर्ब सह संयोजक, एनआरएनए आइसिसी, दमाम (२) राम बेलबासे – पुर्ब सदस्य (अनुमोदन), एनआरएनए आइसिसी, रियाद (३) श्रीमति लेकी शेर्पा – महिला समाजसेवी, ताइफ (जेद्धा) (४) हुम सुनारी मगर – अध्यक्ष, नेपाल आदिवासी जनजाति महासंघ साउदी अरब, रियाद (५) छोटु थापा – अध्यक्ष, हेल्प नेपाल साउदी च्याप्टर, रियाद (६) नारायण गुरूङ – उपाध्यक्ष, तमुधिं साउदी अरब, जेद्धा (७) दिपक रेग्मी – कुशल सामाजिक कार्यकर्ता (समाजसेवी), रियाद (८) मनोज बिष्ट – अध्यक्ष, लुम्बिनी प्रबासी सम्पर्क मञ्च, दमाम (९) गिरीराज न्यौपाने – का.बा. अध्यक्ष, नेपाली जनप्रगतिशिल मञ्च साउदी अरब, रियाद टास्क फोर्स कमिटीहरूमा नियुक्ती क) अमित गुरूङ्ग संयोजक, सामूहिक लगानी ख) मिनराज आचार्य संयोजक, स्किल डाइरेक्टरी ग) सूर्य बिक्रम याखा संयोजक, सुचना तथा संचार घ) डिक बहादुर महत सदस्य, लेबर टास्क फोर्स मध्य क्षेत्र (रियाद) ङ) नबिन मुडबरी सदस्य, लेबर टास्क फोर्स पूर्वी क्षेत्र (दमाम) च) रामराधा घिमिरे सदस्य, लेबर टास्क फोर्स पश्चिमी क्षेत्र (जेद्धा) मध्य क्षेत्र (रियाद)मा लेबर टास्क फोर्स गठन क) रमेश भण्डारी संयोजक ख) डोर बहादुर कार्की सदस्य ग) जैबि राई सदस्य घ) डिक बहादुर महत सदस्य ङ) खगेन्द्र खनाल सदस्य च) राम कृष्ण श्रेष्ठ सदस्य छ) बाबुराम खनाल सदस्य पुर्बी क्षेत्र (दमाम) र पश्चिमी क्षेत्र (जेद्धा) का लागि एनसिसीको छैठौं बैठकबाट नै लेबर टास्क फोर्स कमिटीहरू गठन गरिएका छन जसमध्ये जेद्धाबाट संयोजक रमेश भण्डारीको हालै रियादमा सरूवा भएपछि जेद्धा क्षेत्रको संयोजकको पुनर्नियुक्ती गर्नुपर्ने एनआरएनए साउदी अरबको वेभ साइटको सम्पादक समितीको बिस्तार क) धरम के.सी. प्रधान सम्पादक ख) नमराज लामिछाने सम्पादक ग) दुर्गा खनाल सम्पादक घ) सुर्य बिक्रम याखा सम्पादक ङ) दिपक आचार्य सम्पादक च) सन्तोष लुइटेल सम्पादक महिला बेच्ने दलाल पक्राउनेलाई पुरस्कार महिला बेचबिखनमा संलग्न गिरोहलाई पक्राउने कुनैपनि ब्यक्ती या संस्था(हरू)लाई एनआरएनए साउदी अरबको कल्याणकारी कोषबाट अधिकतम रू. १ लाख सम्म पुरस्कृत गर्ने । यो पुरस्कार राशी बढीमा १० जना दलालहरू पक्राउनेलाई जनही रू. १० हजारका दरले प्रदान गरिने छ । एनआरएनए साउदी अरबको कल्याणकारी कोषबाट सहयोग (१) ब्रेन ट्युमर भएका पञ्जिकृत सदस्य झापाका मोहन खतिवडा (दर्ता नम्बर ३०८) को उपचारका लागि रू. ४० हजार सहयोग दिइने (२) साउदी मालिक्नीको कुटपीटबाट दांत गुमाएकी (झरेका, हल्लिएका) घरेलु महिला कामदार मोरङ पथरी-१ की चन्द्र कला लिम्बुलाई दांतको उपचारका लागि रू. ५ हजार सहयोग दिइने
(" READ MORE ..")