Thursday, April 19, 2012
एन आर एन स्पेन को नियमित बैठक सम्पन्न |
गैर आबासिय नेपाली संघ रास्ट्रीय समन्यन समिति स्पेन को नियमित बैठक यहि १८ तारिक अप्रिल का दिन बार्सिलोनामा सम्पन्न भएको छ | सस्थाका अध्यक्ष श्री अर्जुन प्रसादले काफ्ले को अध्यक्षता र महासचिब श्री बिष्णु रिजाल को संचालन मा सम्पन्न उक्त बैठक मा अन्तरास्ट्रिय समन्यन समितिका सदस्य श्री पुस्प राज तिमिल्सिना , जन सम्पर्क समिति का उपाधक्ष्य श्री शालिकराम डुम्रे , चितवन समाज का अध्यक्ष श्री जगतपाल सिलवाल , मगर समाज का महासचिब श्री राजु थापा लगायत को उपस्थिति रहेको थियो | बैठक ले एन आर एन स्पेन को तर्फ बाट अन्तरास्ट्रिय महिला प्रतिनिधिमा श्री गंगदेबी शर्मा लाइ पठाउने निर्णय गर्दै श्री अर्जुन प्रसाद काफ्ले ज्युको संयोजकत्वमा ५ सदस्यीय सामुहिक लागानी समिति स्पेन गठन गरेको छ | जसअनुसार उपसंयोजक मा श्री जगतपाल सिलवाल ,सदस्यहरु केदार ढुंगाना, कृष्ण प्रसाद खनाल , राजु थापा सम्मिलित सो समितिको सल्लाहकार मा आइ सी सी सदस्य श्री पुस्पराज तिमिल्सिना , निबर्तमान आइ सी सी सदस्य श्री रामलाल कंडेल र चिन्तामणि सापकोटा लाइ मनोनयन गरेको छ |गत फेब्रुबरी मा एनआरएन द्वारा आयोजित कानुनि परामर्स तथा वकिल संग नेपालि समुदायको अन्तरक्रिया कार्यक्रम , एन आर एन क्षत्रिय समिति म्याड्रिड द्वारा आयोजित नब बर्ष २०६९ को उपलक्ष मा आयोजित भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम को समिक्षा गरिएको थियो |
केन्द्र बाट प्रेसित विभिन्न बिषय हरुमाथि छलफल तथा परामर्स गर्दै यहि जुन १-३ सम्म नेदरल्याण्ड मा हुन गैरहेको एन आर एन युरोपियन कन्फरेन्स लाइ सफल पार्न सहभागिता र आर्थिक सहयोग गर्ने निर्णय गरेको छ | साथै बैठक ले एन आर एन केन्द्रिय कार्यालय को भबन निर्माण गर्न को लागि समिति तर्फ बाट हाललाई रु १,०५००० ( एक लाख पाच हजार ) आर्थिक सहयोग गर्ने निर्णय गर्दै सस्थाको आर्थिक गतिबिधि , एन आर एन दर्ता सम्बन्धि , गैर आबासीय नेपाली ले मताधिकार प्रयोग गर्ने सम्भाबना लगायत बिबिध बिषयमा छलफल गरिएको थियो|
बिष्णु रिजाल
महासचिब
गैर आबासीय नेपाली संघ
रास्ट्रीय समन्यन समिति , स्पेन

(" READ MORE ..")
Subscribe to:
Comments (Atom)