Monday, March 5, 2012

एनआरएन फिन्ल्याण्डद्वारा राजदूतको बिदाइ कार्यक्रम सम्पन्न

श्रवण खनाल हेल्सिन्की, फिन्ल्याण्ड । चारबर्षे कार्यकाल पुरा गर्दै स्वदेश फर्कनु लाग्नु भएका डेनमार्कका लागि नेपाली राजदूत बिजयकान्त लाल कर्णलाई गैरआवासिय नेपाली संघ फिन्ल्याण्डले मार्च १ मा एक कार्यक्रमका बीच बिदाइ गरेको छ। हेल्सिन्कीस्थित ’यति नेपाली’रेस्टुराँमा सम्पन्न गरिएको उक्त बिदाइ साँझमा फिन्ल्याण्डमा रहेका अन्यसँस्थाहरुको पनि सहभागिता रहेको थियो । एन आर एन फिन्ल्याण्डका उपाध्यक्ष ब्योमा ताम्राकारले संचालन गर्नु भएको उक्त कार्यक्रममा सोही सँस्थाका अर्का उपाध्यक्ष एबम नेपाल फिन्ल्याण्ड सोसाइटीका अध्यक्ष देबीदत्त शर्माले महामहिम राजदूतलाई वहाँको कार्यकालको प्रसँशा गर्दै सम्झना स्वरुप उपहार दिनु भएको थियो । त्यसैगरि कार्यक्रममा बिदाइ मन्तब्य दिदै आयोजक सँस्था एनआरएन फिन्ल्याण्डका अध्यक्ष डा। अरुण पोखरेलले राजदूत कर्णको कार्यकाल फिन्ल्याण्डमा रहेका सँघसस्था एबम नेपालीहरुका लागि उल्लेखनिय रहेको स्मरण गर्दै वहाँको आगामि दिनहरु सुखद र सफल रहोस् भनी शुभकामना ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा सहभागि नेपालीहरुले राजदुताबास द्वारा प्रदान गरिने सेवाहरु सम्बन्धी गुनासा , जिज्ञासा र सुझावहरु प्रस्तुत गरेका थिए । महामहिम राजदुतले आफ्नो छोटो मन्तब्य दिने क्रममा फिन्ल्याण्डमा रहेका नेपालीहरु प्रतिहार्दिक क्रितज्ञता प्रकट गर्नुभयो । आफुले हेर्ने स्कान्डेभियन मुलुकहरुमध्य फिन्ल्याण्डमा नेपालीहरु ब्याबसायिक रुपले निकै अगाढि रहेको चर्चा समेत गर्नुभयो । त्यसका अतिरिक्त आफ्नो कार्यकालमा नेपाल र यि मुलुकहरुबिचको सम्बन्ध सुदृढका लागि गरेको गतिबिधीहरुको उल्लेख गर्नु भएको थियो। फिन्ल्याण्डबाट नेपालमा लगानी प्रबर्धन, दुई देशकाबीच सम्पन्न उच्चस्तरिय भ्रमणहरु तथा नेपालमा यि मुलुकहरुबाट उल्लेख्य पर्यटक पठाउन सकिएको तथ्यहरु आफ्नो कार्यकालका महत्वपूर्ण उपलब्धी भएको कुरा अवगत गराउनु भएको थियो । बिदाइ भोजमा अनौपचारिक कुरा गर्ने क्रममा आफूले नेपाल अझै राम्रोसँग बुझ्न बाँकी भएकोले स्वदेश फर्केपछि मज्जाले देश घुम्ने र आफ्नो पुरानै अध्यापन पेशामा लाग्ने मनशाय ब्यक्त गर्नु भएको थियो ।


(" READ MORE ..")

शुभ कामना तथा बधाई

साहित्य

My Blog List