Sunday, September 25, 2011
नेपाली जनसम्पर्क समितिका नेताहरुबीच भारतको मन्दिरमा भेटवार्ता
गोविन्द पोखरेल, नयाँ दिल्ली । नेपाली जन सम्पर्क समितिका पदाधिकारीहरुबीच भारतमा भेटवार्ता भएको छ । अर्घाखाँचिको नुवाकोट गा.वि.स. निमडाँडाका नविन पौडयाल दिल्ली स्थित शाहदरामा रहेको श्री पशुपतिनाथ मन्दिरको दर्शन गर्न पुगेको वेला सोहि मन्दिरमा रहेको वि.पि. कोइराला पुस्तकालयको हलमा क्षेत्रीय अध्यक्ष टेकराज पोखरेलको नेतृत्वमा विभिन्न शाखा, क्षेत्रीय र केन्द्रिय पदाधिकारिहरुले भेटघाट गरेका हुन् ।
आफ्नो आन्तरिक वैठकको समापन गरिसकेपछि शुरु गरिएको उक्त भेटघाट कार्यक्रममा प्रमुख अतिथिको रुपमा संस्थाका केन्द्रिय अध्यक्ष बालकृष्ण पाण्डे थिए भने विशिष्ट अतिथिहरुमा केन्द्रिय प्रवक्ता प्रमोद खरेल, सह महामन्त्रि विष्णु प्रसाद पाण्डे, सदस्य मेघराज पाण्डे र पुर्व उपाध्यक्ष केदारनाथ भुसाल रहेको उक्त कार्यक्रमको संचालन क्षेत्रिय महासचिव दुर्गा के.सी. ले गरेका थिए । कार्यक्रममा मन्दिर प्रबन्धक समितिका अध्यक्ष जनक गिरि र मन्दिरका मुल पण्डित विष्णु प्रसाद कोइराला तथा पण्डित यदुमणि भट्टराइको पनि सहभागिता रहेको थियो ।
कार्यक्रममा नविन पौडयालले नेपालमा २ वटा अतिवाद देखिएको टिप्पणी गरे । ‘एउटा पहाडियाहरुले भारतको बढि विरोध गर्नु र अर्को मधेशीहरु भारतसँग नजिकिनु । यो २ वटै अतिवाद नै नेपालका लागी खतराका संकेत हुन्’ उनले भने । उनले कमल थापाको जस्तो राष्ट्रवाद देशका लागी खतरा भएको तर प्रवासिहरुको राष्ट्रप्रेम नै वास्तविक राष्ट्रवाद भएको र सबै नेपालीले यसको सम्मान गर्न सिक्नुपर्ने समेत दावी गरे ।
प्रमुख अतिथि वालकृष्ण पाण्डेले तल्लो संगठनात्मक कुरालाई बडि जोड दिदै तल्लो निकायमा रहेका साथिहरुको सम्मान गर्न सके संगठन बलियो हुन सक्ने कुरा वताएका थिए । पुर्व केन्द्रिय उपाध्यक्ष केदारनाथ भुसालले हाम्रो संगठने वि.पि. कोइराला आफ्नो समयको विश्वकै तेस्रो नेता जसका साथमा गणेशमान, सुवर्ण समशेर, किसुनजी र एक्काइसौ शताब्दिको शुरुवाततिर एशियाकै प्रमुख नेता गिरिजा प्रसाद कोइराहरु नै ने.ज.स.का हरेक कार्यकर्ताहरुका लागी विरासत भएकाले हरेक कार्यकर्ताले वहाँहरुले देखाएको बाटो जहाँ कहि अधुरो र अपुरो रहेको जस्तो लाग्छ त्यहाँ लागी परेर पुरा गर्नेतर्पm लाग्नु पर्ने आजको आवश्यकता रहेको बताएका थिए ।
कार्यक्रममा प्रवक्ता प्रमोद खरेल, सह महामन्त्रि विष्णु प्रसाद पाण्डे, सदस्य मेघराज पान्डेले पनि बोलेका थिए ।
(" READ MORE ..")