Thursday, June 23, 2011
एन आर एन डेनमार्कको अधिवेशनको तयारी पुरा
-भीम के सी कमल
कोपनहेगन, २३ जुन
गैर आवाशिय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद डेनमार्कको प्रथम अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको जानकारी प्राप्त भएको छ।
एनआरएन डेनमार्कका अध्यक्ष सोमनाथ सापकोटाले एक प्रेस बिज्ञप्ति जारी गर्दै आगामी जुन २५ तारिख शनिबार दिनको १० बजे देखी नेपाली राजदुताबास डेनमार्कको सभाकक्ष Svanemollevej-92,
2900 Hellerup, Copenhagen मा हुने संघको प्रथम अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिनु भएको हो।
एनआरएन डेनमार्कलाई सम्पुर्ण डेनमार्कवासी आप्रवासी नेपालीहरुको साझा संगठनको रुपमा बिकसित गराउन र कार्यकाल सफल बनाउन सहयोग पुर्याउने सम्पुर्ण डेनमार्कबासी नेपाली दिदिबहिनि तथा दाजुभाईहरुलाइ हार्दिक धन्यबाद ज्ञापन गर्दै बिज्ञप्तीमा उक्त दिनको कार्यक्रममा सहभागी भै संघको प्रथम अधिवेशन सफल पार्नको निमित्त हार्दिक आग्रह गरिएको छ।
उदघाटन सत्र, बन्द सत्र र निर्बाचन सत्र गरी ३ सत्रमा संचालन हुने उक्त अधिवेशनको निर्बाचन सम्बन्धी बिस्तृत बिबरण संघको वेबसाइट www.nrndenmark.com मा राखिएको कुरा समेत बिज्ञप्तीमा उल्लेख गरिएको छ।
संघको अधिवेशनलाई भब्यतापुर्बक सम्पन्न गराउन यस अघि नै अध्यक्ष सोमनाथ सापकोटाको अध्यक्षतामा अधिवेशन तयारी समिती र उदयराज गौतमको संयोजकत्वमा निर्बाचन समिति गठन भै सकेको छ।
संघको आगामी नेतृत्वको सन्दर्भमा यति खेर कोपनहेगनमा ब्यापक चर्चा चलिरहेको पाइन्छ। प्राप्त समाचार अनुसार नेतृत्वको निमित्त संघका बर्तमान उपाध्यक्ष महेश कंशाकार र जनसम्पर्क समिति डेनमार्कका उपाध्यक्ष मोहन मिश्रको नाम अग्रपंक्तिमा रहेको छ।
नेतृत्वको प्रश्नमा बर्तमान अध्यक्ष सापकोटाले भने सहमतीको आधारमा नेतृत्व चयन गर्ने मार्ग प्रसस्त गर्दै आँफु नेतृत्वको दौडमा नरहेको जानकारी दिनु भएको छ।
(" READ MORE ..")